भक्तपुरमा बाल्टिनमा डुव्दा एककाे मृत्यु

834

जीवन गिरी

भक्तपुर । पानी भरिएको बाल्टिनमा डुबी बालकको मृत्यु भएकाे छ । १२:२० बजेको समयमा जिल्ला सिन्धुपाल्चोक बाह्रविसे घर भई हाल भक्तपुर जिल्ला चाँगुनारायण न.पा. ३ झौखेलमा डेरा गरी बस्ने देबेन्द्र श्रेष्ठको छोरा बर्ष २ को प्रत्रुश श्रेष्ठ पानी भरियकाे बाल्टिनमा डुवेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

डेराकोठाको आँगनमा खेली रहेको अवस्थामा अकस्मात पानी भरिएको बाल्टिनमा डुब्न गई बेहोस अवस्थामा फेला पारी तत्काल उपचारको लागी भक्तपुर अस्पतालमा लगिएकोमा उपचारकै क्रममा सम्बन्धित चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीकाे भनाई छ । लाश पोष्टमार्टमको लागी भक्तपुर अस्पतामा नै राखिएको ।

घटनास्थलमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको । थप अनुसन्धान कार्य भईरहेको छ ।