भक्तपुर । भक्तपुरमा राप्रपाले चुनाव चिन्हका रुपमा कलम पाएको छ । लोकतान्त्रिक गठवन्धको विरुद्दमा प्रतिनिधि सभामा राप्रपाको तर्फ वाट भक्तपुर क्षेत्र नम्वर २ मा बागी उम्मेदवारी दिनुभएका धर्मराज थापाले चुनाव चिन्हका रुपमा कलम पाउनु भएको हो ।
लोकतान्त्रिक गठबन्धनले उचित रुपमा टिकट वितरण नगरेको र राप्रपालाई अवमुल्यन गरेको भन्दै उहाँले भक्तपुर क्षेत्र नम्वर २ वाट बागी उम्मेदवारी दिनुभएको हो ।
लोकतान्त्रिक गठबन्धनका बागी राप्रपाका उम्मेदवार धर्मराज थापाले गठबन्धनको धोका र पार्टी प्रतिको अवमुल्यनको नराम्रो मुल्य गठबन्धनले चुकाउनु पर्ने बताउनुभयो । उहाँले सम्पुर्ण राष्ट्रवादी हरुमा कलम चिन्हमा मतदान गर्न समेत आग्रह गर्नु भएको छ ।
भक्तपुरका ४ नै प्रदेशमा भने राप्रपाको चुनाव चिन्ह गाई नै रहेको छ । यसका साथै समानुपातिक तर्फ पनि राप्रपाको चुनाव चिन्ह गाई नै भएको राप्रपाले जनाएको छ ।
Related