भक्तपुरमै पैसा बाँंडेर भोट :विजुक्छे

391

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले घोषणापत्र नभई पैसाको खाम लिएर मत माग्न आउने नेताहरुलाई लखेटेर पठाउन जनतासँंग आग्रह गरेका छन् ।

पार्टी निकटको नेपाल प्राध्यापक समाज केन्द्रिय समितिले शनिबार मध्यपुर थिमिमा गरेको पार्टीका उम्मेदबारहरुसँंगको अन्तरसंवाद कार्यक्रममा अध्यक्ष विजुक्छेले भक्तपुरको मध्यपुर थिमिमै पनि यस्तो देखिएको जनाए । मध्यपुर थिमिमा केही दिन अगाडि एमाले मध्यपुर थिमिका उम्मेदबारहरुले प्रति भजन मण्डलहरुलाई १० दस हजार नगद वितरण गरेको र केही भजनमण्डलको प्रतिकारपछि घटना सार्वजनिक भएको भन्दै पैसा लिएर भोट माग्न आउने नेताहरुलाई कमसेकम बौद्धिक वर्गबाट प्रतिकार गर्नुपर्ने खाँंचो औंल्याए ।

उनले निर्वाचन आचारसंहित उल्लंघन गरेको ठहर निर्वाचन आयोगले गरे त्यस्ता उम्मेदबारहरुको उम्मेदबारी नै खारेज गर्न माग राखे । साथै घोषणापत्र अनुसार काम नगर्ने दलहरुको दल दर्ता नै खारेज गर्नुपर्ने माग गरे ।
पार्टीको भक्तपुर क्षेत्र नं २ ख मध्यपुर थिमि क्षेत्रका प्रदेश सभा उम्मेदबार प्रेमजन थापाले केही दिन अगाडि एमालेका मध्यपुर थिमि क्षेत्रका उम्मेदबार राजेन्द्रमान श्रेष्ठ र मध्यपुर थिमि नगरपालिकामा एमालेबाट मेयरमा विजयी मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिका भजनमण्डलीहरुलाई पैसा बाँंडेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको बताए ।