१३ वर्षअघि नेपालमा पक्राउ पर्दा कुख्याल सिरियल किलर चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने भन्दै चुनौती दिएका थिए । विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए । हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले विश्वको लोपोन्मुख वन्यजन्तु चिम्पान्जीको भने नेपालको एयरपोर्टबाट पटकपटक तस्करी गर्दै आएको खुलेको छ । भन्सार कर्मचारीलाई घुस खुवाएर उनीहरूले सजिलै विमानस्थलबाट चिम्पान्जी नेपाल छिराउने गरेको अनुसन्धानमा खुलेको छ ।यो खबर आजको नयाँ पत्रिकाबाट लिईएको हो ।
नेपाललाई ट्रान्जिट बनाई अफ्रिकी मुलुक नाइजेरियाबाट नेपालमा चिम्पान्जीको तस्करीमा संलग्न ६ जनालाई नेपाल प्रहरीले ३१ असोजमा पक्राउ गरेको थियो । उनीहरूबाट दुईवटा चिम्पान्जी बरामद भएका थिए । सो गिरोहले भन्सार कर्मचारीहरूलाई आर्थिक प्रभावमा पारी लामो समयदेखि अफ्रिकाबाट नेपालमा चिम्पान्जी तस्करी गर्दै आएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सञ्जीव भारती र राजकुमार तिवारी, भारतीय नागरिक मोहम्मद उस्मान, मोहम्मद फएन एवं सरिफ सहिन तथा पाकिस्तानी नागरिक आवेद अस्लामा खान पक्राउ परेका थिए । पक्राउ परेका तिवारी भन्सार एजेन्ट हुन् । उनले भन्सारका कर्मचारीलाई ५० हजार घुस दिएर चिम्पान्जी छिराएको बयान दिएका छन् । उनकै बयानका आधारमा जिल्ला वन कार्यालय काठमाडौंले विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीमाथि छानबिन अघि बढाएको छ । ‘शोभराजले नेपालको विमानस्थलबाट हात्ती पनि छिराउँछु भनेको सही रहेछजस्तो लाग्यो,’ अनुसन्धानमा सम्लग्न एक प्रहरी अधिकारीले भने, ‘पैसा खुवाएपछि कर्मचारीले जे पनि सजिलै पास गराउँदा रहेछन् ।’
नेपाललाई ट्रान्जिट बनाई अफ्रिकी मुलुक नाइजेरियाबाट नेपालमा चिम्पान्जीको तस्करीमा संलग्न ६ जनालाई नेपाल प्रहरीले ३१ असोजमा पक्राउ गरेको थियो । उनीहरूबाट दुईवटा चिम्पान्जी बरामद भएका थिए ।







































