भवन नभएर दुई महिनादेखि बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक असोज २३ मा बस्दै :: PahiloPost

677

सुर्खेत :  आफ्नै भवन नभएका कारण  साउन २५ गतेदेखि अनिश्चितकालका लागि स्थगित भएको कर्णाली प्रदेश सभा बैठक आगामी असोज २३ गते दिउँसो १ बजे बस्ने भएको छ।

‘सकेसम्म २३ गते बस्ने संसद बैठक नयाँ आफ्नै भवनमा बस्ने तयारीमा छौँ,’ प्रदेश सभामुख राजबहादुर शाहीले,‘नयाँ भवनमा निर्माणमा जुटेका कामदारलाई जतिसक्यो छिटो काम गर्न भनेका छौँ, सम्भवत २०/२२ गतेसम्म काम सकिन्छ होला।’

प्रदेशसभाका अघिल्ला बैठकहरु सिंचाइ डिभिजन कार्यालयको सभाहलमा बस्दै आएको थियो।
 
त्यस्तै, आगामी असोज २३ गते बस्ने संसद बैठकमा दुई विधेयक टेबल हुने प्रदेशसभा सचिवालयका निमित्त सचिव दिनेश भट्टले जानकारी दिए।

प्रदेशसभाले २० वटा विधेयकमध्ये १३ वटा विधेयक पारित गरिसकेको र सोही १३ वटा विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरी ऐन बनिसकेको उनले बताए ।  

 

Source link