भारतमा पेट्रोलियम पदार्थको मुल्य घट्यो

322

नयाँ दिल्ली– भारत सरकारले बिहीबार पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

पेट्रोल र डिजेलमा प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्।

घटाएको मूल्य तत्कालै कार्यान्वयन हुने पनि उनीहरूले बताएका छन्। मूल्य घटाउन सरकारले तीन बुँदे योजना बनाएको समेत जनाइएको थियो।

भारतका अर्थमन्त्री अरुण जेट्लीले डिजेल र पेट्रोलमा राज्यको तर्फबाट लाग्ने १.५ भारु बराबरको कर पनि कटौती गरिएको बताए। त्यसमा तेल बिक्री वितरण गर्ने कम्पनीहरूले प्रतिलिटरमा थप एक रुपैयाँ घटाउने भएका छन्।

त्यसैगरी तेलको मूल्य घटाउने तेस्रो उपायको रुपमा वित्तमन्त्री जेट्लीले प्रदेश सरकारहरूलाई पनि करकटौति गर्न लगाएका छन्।

उनका अनुसार प्रदेशमा डिजेल र पेट्रोलको प्रतिलिटर भारतीय मूल्य ५ रुपैयाँसम्म पनि घट्न सक्नेछ।

भारतको महाराष्ट्र र गुजरात प्रदेशमा सत्तारुढ दल भारतीय जनता पार्टीले प्रतिलिटर भारतीय २ रुपैया ५० पैसा घटाउने घोषणा गरिसकेको जनाइएको छ। रासस/सिन्ह्वा

Source link