भुवनको हङकङ आईडी भिडियो सार्वजिनक

505

बन्दै सम्मानको भिडियो
सृष्टी,प्रेम, जीवन,प्रकृती, यी सबै मानिसकै लागि भएकाले गीत बाटै गायक,गायीकाहरुले मानव सद्भाव र सम्बन्ध बलियो पार्ने भूमिका खेल्न आवश्यक रहेको बताउने गायक भुवन सुप्तीहाङ राईले गीत ‘हङकङ आईडी छ कि छैन बहिनी‘’को भिडियो सार्वजनिक गरेको छ ।
भिडियोमा ब्रिटिस लाहुरे बन्ने सपना बोकेर एक युवाको कथा उनिएको छ । चारपटकसम्म कोशिस गर्दा पनि लाहुरे नभएपछि अन्त्यमा आइडीवाला केटी खोजेर विदेश जाने योजना बनाएका युवा केही नगालेपछि बेरोजगार भएर नेपालमै थन्किन्छन् । भिडियोमा कथा निकै मार्मिक छ । गीतको सार पनि यही हो । वि सुप्तिहाङले निर्देशन गरेका भिडियोमा हेमेन्द्र र रोसिनाले अभिनय गरेका छन् भने सुरेन राईको कोरियोग्राफी रहेको छ । दिनेश बान्तावाले सङ्गीत गरेको ‘हङकङ आईडी छ कि छैन‘ शव्द विरेन राईको हो । आइडी पछी गायक राईले सम्मान एल्वममा समाहित गोत ‘थाहा छैन जवानी झोंकमा’ गजलको म्युजीक भिडियो बनाउने तयारीमा जुटेको बताए ।
गायक राईले चलचित्रका गीत र फुटकर गरी ५ सय गीतमा स्वर दिइसकेका छन् । उनको यस अघि ‘तिम्रो मायाँ’ – २०६०,‘सजेसन’ – २०६५, ‘मायाँको फूल’ – २०६७‘बदनाम’ – २०६९, ‘सम्मान मेरो’ – २०७४ मा सार्वजनिक भइसकेका छन् ।