जाजरकोट । जाजरकोटको भेरी नगरपालिका २ स्थित त्रिभुवन आधारभूत विद्यालय रिसाङका छात्रा कक्षाकोठामै बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।
विद्यालयमा दैनिक ६ देखि १० जनासम्म छात्रा बेहोस हुने गरेको प्रधानाध्यापक कर्णबहादुर शाहीले बताए । शाहीका अनुसार ‘भूत आयो’ भनेर कराउँदै छात्रा अचेत हुने गरेका छन् ।
एकहप्तादेखि छात्राहरुमा यस्तो समस्या देखिएको हो । कक्षामा पढ्दापढ्दै एक्कासि भूत आयो भनेर छात्राहरु चिच्चाउने र अचेत हुने गरेको शाहीले बताए ।
भूत आयो भन्दै कराउने छात्राहरुमा अर्धचेत हुने, चिर्थोने, कराउने, हातखुट्टा छाड्नेजस्ता समस्या देखिने गरेको छ ।
त्यसरी बेहोस भएका छात्रा होसमा आउन एकदेखि दुई घण्टासम्म लाग्ने गरेको छ, नयाँ पत्रिकामा खबर छ ।







































