भोक नलाग्ने तथा पेटमा ग्यास भरिने समस्या छ, अदुवा सेवन गर्नुहोस्

431

अदुवाको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ। अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ।

दम खोकीमा : एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहानरवेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ।
चिसोको बाथ र कम्मर दुखेमा : आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान काडा पिउने गरेमा ठिक हुन्छ।
उल्टी : अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टिहुन तथा जिउमा असजिलोहुन बन्द हुन्छ।
हृदयरोग : अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। अदुवाको सेवनबाट मुटु मजबुत हु्न्छ।
मंदाग्नि : अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा जठराग्नि तीव्र हुन्छ। भोक जाग्दछ।
उदरशूल : ५ ग्राम अदुवा, ५ ग्राम पुदीनोको रसमा थोरै सिधेनुन हालेर पिएमा उदरशूल हुँदैन।

शीतज्वर : अदुवा र पुदिनाको काढा बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ। शीतज्वरमा यो फाइदाजनक हुन्छ।
पेटको ग्यास : आधा-चम्मच अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या रहन्न।
रुघा-खोकी : २० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा फाइदा गर्दछ । वात(कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ।
खोकी र सासको रोग : अदुवा र तुलसीको रसमा मह मिलाएर लिन सकिन्छ।
भोक नलागेमा वा पेट सफा नभएमा : भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ । पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ।

Purbeli TV

Source link