Home निर्वाचन मतदातालाई रकम बाँडेको भन्दै एमाले उम्मेदवारलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आयोगको निर्देशन
काठमाडौं – नेकपा एमालेका तर्फबाट डोटी जिल्लाको प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रेमबहादुर आलेमगरले आचारसंहिता विपरित मतदातालाई रकम बाँडेको सूचना आएको भन्दै निर्वाचन आयोगले २४ घण्टाभित्र स्पष्टीकरण माग गरेको छ ।
‘तपाइँको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो भनी उम्मेदवार आलेमगरलाई २४ घण्टाभित्र आयोगमा स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ’ आयोगले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
‘आयोगले उहाँलाई पठाएको पत्रमा चुनावी दौडमा रहेका निवर्तमान एमाले सांसदले पैसा बाँडेको आरोप भन्ने एक अनलाइनमा प्रकाशित समाचारप्रति आयोगको ध्यानाकर्षण भएको र प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावका सन्दर्भमा निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तपाइँ प्रतिनिधिसभा सदस्यको उम्मेदवारले मतदातालाई रकम बाँडेको विषय निर्वाचन आचारसंहिता विपरित देखिएको हुँदा उक्त क्रियाकलापमा संलग्न भए वापत निर्वाचन आयोग ऐनअनुसार तपाइँको उम्मेदवारी रद्द किन गर्न नपर्ने हो ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ’ विज्ञप्तीमा उल्लेख छ ।
Related