काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको सम्पर्कविहीन हेलिकप्टरमा सवार पाँचैजना यात्रु मेक्सिकन रहेको पुष्टि भएको छ ।
उक्त हेलिकप्टरमा सवार ६ जनामध्ये एक जना नेपाली पाईलट बाहेक अन्य सबै यात्रु मेक्सिकन भएको मनाङ एयरले जानकारी दिएको छ।
‘लामाजुरा डाँडामा दुर्घटनामा परेको जानकारी प्राप्त भएको । त्यसतर्फ प्रहरी टोली गइरहेको छ,’ वडाध्यक्ष शेर्पाले भने ।
त्रिभुवन विमास्थल स्रोतका अनुसार उक्त हेलिकोप्टर आज बिहान १० बजे लुक्लाबाट काठमाडौँ उडेको थियो । तर, सवा १० बजे सम्पर्कविहीन भएको थियो ।
उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु छन् ।
मनाङ एयरका अनुसार ९एनए–एमभी कलसाइन भएको हेलिकोेप्टर दुर्घटनामा परेको हो ।








































