मनाङगेको आतंक रोक्न मनाङ कांग्रेसले बुझायो प्रसासनलाई ध्यानाकर्षण पत्र

906

मनाङ। गुण्डा नाइके तथा नेकपा एमालेका ‘ नेता ‘ मनाङेका कारण जिल्लामा गुण्डागर्दी मौलाएको भन्दै नेपाली कांग्रेस मनाङले मनाङ प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ। जिल्लाको नार्फु गाँउपालिकाको मेतामा मनाङगेले १० लाख लुटेर ब्यक्तिनै अपहरण गरको भन्दै काँग्रेसले सो पत्र बुझाएको हो । एमालेबाट प्रदेशको उम्मेद्वारमा सिफारिस मनाङेका कारण नागरिकहरु असुरक्षित भएको काँग्रेसले जनाएको छ ।

कर्मा ओङ्दी लामा र टसी छिरिङ लामाबाट रकम लुटेर भोलिपल्टमात्र प्रहरीलाई बुझाएको घटना संकास्पद भएकोले सत्य तथ्य सार्वजनिक गर्न प्रशासन समक्ष माग गरेको छ । मत नदिने आफन्तहरुका औंला काटिदिने  र अरुको हात छिनाउने धम्की दिएकाप्रति आपत्ती प्रकट गर्दै काँग्रेसले त्यस्ता व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ।  ।

निर्बाचनमा भोट कसलाई दिने भन्ने निर्णय गर्ने अधिकार नागरिकको भएकोले धम्की दिएर त्रास फैलाउने कार्य गलत भएको कांग्रेस मनाङले प्रसासनलाई गराएको ध्यानाकर्षण पत्र मार्फत जनाएको छ ।

मनाङ। गुण्डा नाइके तथा नेकपा एमालेका ‘ नेता ‘ मनाङेका कारण जिल्लामा गुण्डागर्दी मौलाएको भन्दै नेपाली कांग्रेस मनाङले मनाङ प्रशासनलाई ध्यानाकर्षण पत्र बुझाएको छ। जिल्लाको नार्फु गाँउपालिकाको मेतामा मनाङगेले १० लाख लुटेर ब्यक्तिनै अपहरण गरको भन्दै काँग्रेसले सो पत्र बुझाएको हो। एमालेबाट प्रदेशको उम्मेद्वारमा सिफारिस मनाङेका कारण नागरिकहरु असुरक्षित भएको काँग्रेसले जनाएको छ।

No automatic alt text available.