मानव कल्याण समाजलाई २ वटा ग्यास सिलिण्डिर

294

ललितपुर । ललितपुरको श्रीमहल पुल्चोक निवासी समाजसेवी सिद्धि बहादुर शाक्यले भक्तपुरको चाँगुनारायण ७ यातु महादेवस्थित मानव कल्याण समाज सेवा घरमा आश्रीत असहायहरुलाई खाना पकाउनको लागि ग्यास सहित २ थान ग्यास सिलिण्डिरको व्यवस्था गरिदिनुभएको छ ।
रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ को पल ह्रिस फाउण्डेशनका (२०१६—२०२०) अध्यक्ष तथा रोटरी क्लव पाटन वेष्टका पुर्व अध्यक्ष शाक्यले मानव कल्याण समाज सेवा घरका प्रतिनिधिलाई आइतबार ग्याससहितको २ थान सिलिण्डिर खरीदका लागि ८ हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो ।
संस्थामा खाना पकाउने ग्यासको अभाव भएपछि पत्रकार तथा स्काउट गुरु बलराम प्यासीको पहलमा संस्थालाई सो रकम उपलब्ध गराइएको हो ।
संस्थामा हाल ३६ जना वालवालिका, अपांग, मानसिक सन्तुलन गुमाएका, घरवार वीहिन तथा जेष्ठ नागरिकहरु आश्रीत छन ।