मिशन नेपाल द्वारा तामाङ चलचित्र संघका अध्यक्ष थोकरलाई सफल कार्यकालको शुभकामना

313

भक्तपुर । मिसन नेपालले आज एक कार्यक्रम विच तामाङ चलचित्र संघका नव निर्वाचित अध्यक्ष विकु थोकरलाई अभिनन्दन गर्दै सफल कार्यकालको शुभकामना दिएको छ ।
भक्तपुरको कमलविनायकमा आयोजित एक कार्यक्रमका बिच उहाँलाई अभिन्नदन गरिएको हो ।

अभिनन्दन कार्यक्रममा नव निर्वाचित अध्यक्ष विकु थोकरले समग्र तामाङ समुदायको हित र तामाङ चलचित्रको विकस, विस्तार एवं गुणस्तर साथ साथै बजार व्यवस्थापन गर्न आफू जुन हद सम्म पनि जान तयार भएको बताउनुभएको थियो । आफ्नो कार्यकालमा एक चलचित्र कम्तीमा पनि ५ दिन सम्म भएपनि चलचित्र घरमा लगान आफू प्रयासरत रहेको उहाँको भनाई थियो ।

आदिवासी जनजाती चलचित्रमा सवै भन्दा महत्वपूर्ण योगदान दिदै आएको चलचित्र जगतमा यस चलचित्र उद्योगलाई परिस्कृत र आधुनिकता सँग सँगै आफ्नो पहिचानका साथ अगाडी बढाउनु आवश्यक भएको उहाँको भनाई थियो ।

कार्यक्रममा मिसन नेपालका अध्यक्ष एवं कार्यक्रमका सभापति सुदिन लामाले तामाङ चलचित्र संघले समूदायको हरेक कार्यमा विभिन्न क्षेत्रबाट सहयोग गर्दै आएको स्मरण गर्दै आगामी दिनमा पनि यसको निरन्तरताको अपेक्षा रहेको बताउनुभयो ।
कार्यक्रममा ह्याङला आदिवासी तामाङ समाजका अध्यक्ष कर्म लोप्साङ ,समाजसेवी रोशन लामा , रचनाकार ,कुमार स्याङवो, ु ए बिनाु तामाङ फिल्मका नव नायक वसन्त तामाङ, राष्ट्रिय खेलाडी सागर घिसिङ , विशाल थिङ , राकेश मोक्तान , संचारकर्मी कर्मा लामा, सञ्जीब दुलाल लगाएतका वक्ताले नव निर्वाचित अध्यक्ष थोकरलाई आगामी कार्यकालको शुभकामना दिदै आदिवासी चलचित्रको जगतमा नमूना चलचित्र जगतको निर्माणमा उहाँको अहम भूमिका रहनेमा पनि आशावादी रहेको बताउनु भएको थियो ।