मुसाले खाएको अवस्थामा ताथलीमा भेटियो लास

470

हरिशुन्दर छुकां

भक्तपुर । भक्तपुरको ताथलीमा बेवारिसे लास फेला परेको छ । चाँगुनारायण नगरपालिका वडा नंं. ९ ताथलीको इथुलीमा एक पुरुषको बेवारिसे लास फेला परेको हो ।

सो कुराको पुष्टि चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडा सदस्य रविन बासुकलाले पुष्टि गरेका छन् । उनले ताथलीको इथुलीस्थित एक इँटा उद्योगसँगै एक बेवारिसे लास फेला परेको जनाउँदै सो लास प्रहरीले जिम्मा लिएको समेत बताए ।

‘लास फेला परेको जानकारीपछि उक्त ठाउँमा प्रहरीसहित जनप्रतिनीधि पनि पुगेका थिए, लास कसको हो ? खुल्न सकेको छैन, लासलाई मुसाले खान थालिसकेको देखिएको छ’, उनले भने ।

प्रहरीले लासको मुचुल्का उठाएपछि पोष्टमार्टमका लागि लगेको उनको भनाइ छ । प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।