मेरो उम्मेदवारी समाज सेवाकालागि हो कुनै आर्थिक लाभकालागि हैन : शिलाकार

2125

वामगठबन्धनका साझा उम्मेदवार रोमन शिलाकार भक्तपुर क्षेत्र नम्वर १ (ख) का प्रदेशसभा का युवा उम्मेदवार हुन् । सफल युवा ब्यवसायीका रुपमा रहनु भएका शिलाकार समाजसेवाको क्षेत्रमा भने निकै नै लोकप्रिय हुनुहुन्छ । ३६ बसन्तमा कुदि रहेका शिलाकार समाजसेवी र युवाहरु माझ अत्यन्तै लोकप्रिय ब्यक्तित्व रहेका छन् । उनै युवा उम्मेदवार रोमन शिलाकार सँग गरिएको छोटो कुराकानी यस्तो रहेको छ ।

आफ्नो परिचय दिनु न ?
मेरो नाम रोमन शिलाकार हो । म भक्तपुर नगरपालिका वडा नम्वर ३ बंशगोपालमा जन्मेको हुँ । हाल म बाम गठबन्धनवाट भक्तपुरमा प्रदेशसभा भक्तपुर क्षेत्र नम्वर १ प्रदेश क्षेत्र १ (ख)को उम्मेदवारका रुपमा रहेको छु ।

तपाईलाई बामगठबन्धनले पत्यायो त !
म एक समाजसेवी तथा सानो उमेर मा नै सफल ब्यवसायी हुँ मलाई राजनीति गरेर पैसा कमाउनु छैन । र म भक्तपुर नगरमा लोक प्रिय तथा सवैले मलाई युवा समाजसेवीका रुपमा चिन्ने तथा मेरो उम्मेदवारीले भक्तपुर नगरमा रहेको प्रदेशमा हाम्रो जित पक्का भएका कारण पनि बामगठबन्धनले मलाई नै उम्मेदवारी दिएको हो । त्यसैले म हाल मेरो जिम्मेवारीमा दिएको काम बामगठबन्धनलाई जिताउने अभियानमा लागि परेको छु ।

गठबन्धनलाई जिताउनलागि परेको छु भन्नु हुन्छ कसरी प्रचार प्रसारमा लाग्नु भएको छ ?
सायदै नेपालको नै सानो प्रदेश हो यो । झण्डै ५ बर्ग किलोमिटरमा रहेको यो प्रदेशमा प्रत्यकको घरमा पुग्न सहज भएका कारण हामी प्रत्यक मतदाताका घर दैलोमा गएर उनीहरुको पिर मर्का बुझदै , अव बन्ने नयाँ संरचना प्रदेश के हो यो के को लागि हो किन हामीले प्रदेशमा बाम गठबन्धनलाई नै मत दिनु पर्दछ एवं आगामी ५ वर्षमा हामी प्रदेश मार्फत के जनतालाई नै फिर्ता गर्न सक्छौ भन्ने बुझाउँदै घर दैलोमा गई रहेका छौ । यो नै हामीले गठबन्धनलाई जिताउने आधारका रुपमा लिएका छौं ।

जनतालाई प्रदेश मार्फत के फिर्ता गर्न सक्छौ भनी लाग्नु भएको छ प्रस्ट गरि दिनु न ?
राम्रो प्रश्न गर्नुभयो । मेरो उम्मेदवारी भनेको भक्तपुर प्रदेशका समृद्दिको लागि हो । हाल भक्तपुरमा भएका समस्या हरुको समाधान प्रदेश सभा मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा नै हामी लागि रहने छौ । भक्तपुर हाल भुकम्प बाट पुर्ण रुपमा क्षत विच्छेत भएको छ । जुन विस्तारै आफ्नो टाउको उठाउने क्रममा छ । भक्तपुरलाई विगतको अवस्थामा लैजाने स्वास्थ्य शिक्षा एवं रोजगारीका सवालमा सक्षम बनाउनु नै मरो उदेश्य रहने छ । खानेपानी को समस्या छ भविश्यमा भक्तपुरमा कसरी पानीको समाधानका लागि योजना बनाउन सकिन्छ प्राकृतिक स्रोत साधनलाई कसरी संरक्षण गर्न सकिन्छ भन्नेमा जोड दिने छु । भक्तपुरको पर्यटन विकासमा, यहाँको कला सँस्कृतीको रक्षा एवं यहाँका कला कौशललाई अन्तराष्ट्रिय बजारमा पहिचान गराउने र स्थानिय स्तरवाट नै कसरी यही रहेका स्रोत साधनवाट आर्थिक उन्नतीमा लैजान सकिन्छ भन्नेमा नै मेरो प्राथमिकता रहने छ । यसको लागि कस्तो कानुनको आवश्कता रहेको छ यसैका लागि आफु लागी पर्ने बताउन चाहन्छु ।

तपाईं उठ्नु भएको क्षेत्र त नेमकिपाको किल्ला नै हो कसरी प्रचारमा होमिनु भएको छ ?
हिजोसम्म त्यो नेमकिपा कै किल्ला थियो । तर अब त्यसो होइन । जनता सधैं एकै स्थानमा कहाँ रहन्छन् र भनिन्छ नि मान्छे र सर्प त एकै स्थानमा रहन्नन् । भक्तपुर बासी भनेका पुर्ण शिक्षित वर्ग हुन् । के ठिक के बेठिक भन्ने छुट्टाउन सक्ने हिम्मत भक्तपुर बासीमा रहेको छ । जहिले पनि मानिस स्वतन्त्र प्राणी भएर आफ्नो अस्तित्व खोजिरहेका हुन्छन् । त्यसैले अवको परर्वतनको वहाक केवल बामगठबन्धन सँग मात्र रहेको छ भन्ने भक्तपुर बासीले बुझि सकेका छन् जनता पुरातन छाडेर प्रगतिशील फाँटमा लम्किसकेका छन् । यसैले प्रचारमा हामीलाई सहज भएको छ ।

राजनीतिमा नयाँ हुनु हुन्छ परिपक्वता कम छ कसरी निर्वाचनमा होमीनु भएको छ ?
मानिस को जन्मदा नै परिपक्व हुन्छ र । हो म कुनै राजनीतिक पृष्ठभुमिवाट अएको हैन । मेरो राजनीतिक पृष्ठभुमि लामो छैन । म ब्यवसायिक क्षेत्रबाट आएको हुँ । कतिपय अवस्थामा मैले पार्टीका साथीहरुलाई सहयोग गरेको छुँ । मलाई नेपालको राजनीति र भक्तपुरको राजनीतिको विषयमा भने पुर्ण ज्ञान छ । म नयाँ हुँ राजनीतिमा तर म राजनीति बाट कुनै किसिमको लाभ लिनका लागि राजनीतिमा होमिएको भने हैन । हाल प्रदेश भनेको पनि नेपालका लागि नयाँ प्रयोग हो जसका लागि युवा तथा समाजसेवीको आवश्यकता रहेको छ जसका लागि म उपयुक्त छु । हाल भक्तपुर बासीले पनि परिर्वतन चाहेका छन् । परिवर्तन चाहनेहरुले अव गोलाकार भित्रको हंसिया हठौडामा छाप लाएर वामगठबन्धनका साझा उम्मेदवारको रुपमा मलाई जिताउनेछन् ।

अन्तमा मतदाताहरुलाई के भन्न चाहनु हुन्छ ?
म सम्पुर्ण मतदाताहरुमा अव नेपालले परिर्वतन चाहेको छ यो परिर्वतनको बहाक भनेको केवल बामगठबन्धनवाट नै संभव भएका कारण एक पटक बामगठबन्धनलाई साथ दिनु हामी सदैभ तपाईहरुको साथमा रहने छौ भन्न चाहन्छु । साथै म मतदाताहरुमा के प्रतिवद्दता गर्न चाहन्छु भने म कुरा भन्दा काममा विश्वास गर्ने मानिस हुँ मलाई अरुको जस्तो कुराको जालो बनाउन आउँदैन र नसक्ने कुरा भन्दा पनि भन्दिन यसैले म कुरा भन्दा बढि काम गरेर देखाउने छु । यसैले काम गर्न दिन बाटो देखाउँदै मलाई मतदान गर्नु हुनु आग्रह समेत गर्दछु ।