म्यासेन्जर, भाइबर र ह्वाट्स एपका कारण दूरसञ्चार कम्पनीलाई ६ अर्ब घाटा

264

काठमाडौं– डेटाको प्रयोग गरेर सेवा उपलब्ध गराइ रहेका म्यासेन्जर, भाइबर, ह्वाट्स एप जस्ता ‘ओभर दी टप (ओटीटी)’ एप्सका कारण नेपालका दूरसञ्चार सेवा प्रदायकले अर्बौं घाटा व्यहोर्नु परेको छ ।

निःशुल्क प्रयोग गर्न सकिने यस्ता ओटीटी सेवा प्रदायकले खास गरी दूरसञ्चार कम्पनीले विदेशबाट हुने कलवापत प्राप्त गर्ने आम्दानीमा नोक्सानी पुर्याएका हुन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार दूरसञ्चार कम्पनीले हालै उपलब्ध गराएको गत आर्थिक वर्षको वित्तीय विवरणमा अन्तर्राष्ट्रिय कलवापतको आम्दानी करिब ६ अर्ब बढी रुपैयाँले घटेको  छ ।

डेटा प्रयोगकर्ताको संख्या बढ्दै गएपछि ओटीटीको प्रयोग पनि बढ्दा अन्तर्राष्ट्रिय कल घटेको कम्पनीका प्रवक्ता प्रतिभा बैद्यले बताइन्, अन्नपूर्ण पोस्टमा खबर छ ।