युनियनको रक्तदान कार्यक्रम सप्पन्न !

529

नेपाल निजामती कर्मचारी युनियन (संघ) केन्द्रिय कार्यसमितीको स्थापना दिवसको अबसरमा नेपाल निजामती कर्मचारी युनियन भूमिसुधार तथा ब्यबस्था मन्त्रालय बिभागिय कार्यसमितीद्वारा २०७४ भाद्र १९ गते दिउँसो १.३० बजेदेखि ४ बजे सम्म बानेश्वर बैंकट थापा गाउँमा रक्त क्यान्सरका बिरामीको सहयोगार्थ रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

रक्तदान कार्यक्रममा ४० जना रक्तदाताहरुको सहभागिता रहेको र एक जना रक्तदाता रक्त समूह एबि पोजेटिभका युनियनकर्मी रबिन प्रजापतिले ७ बर्षीय रक्त क्यान्सरको बिरामिलाइ अस्पतालमा आजै गएर फ्रेस रगत दिनु भयो । सहभागी मध्ये ३ जना दुर्लभ रक्त समुहको रक्तदातालाइ भने ब्लड बैंकको सम्पर्कमा राखिएको कुरा भुमिसुधार मन्त्रालय युनियनका अध्यक्ष ईश्वर अर्यालले जानकारी दिनु भयो ।

युनियनको स्थापना दिबसका अबसरमा गरिएको उक्त रक्तदान कार्यक्रममा पेशागत प्राबिधिक एशोसिएसनका सदस्य हरिचन्द्र तिवारी लगायत विभिन्न संस्थाका लब्धप्रतिष्ठित ४० जना महानुभाबहरुको सहभागिता थियो ।

उक्त रक्तदान कार्यक्रममा केन्द्रिय अध्यक्ष सुबोध कुमार देबकोटाले रक्तदाताहरुलाइ सम्मान पत्र प्रदान गर्नु भएको थियो । कर्मचारी तलबी काममा मात्रै नलाग्ने र मानबिय सेवामा आफ्नो रगत समेत दिने एबम मिल्नेजति सबै सेवा दिने गरेकोमा कर्मचारीलाई स्वार्थी नभनी दिन पनि अनुरोध गर्दै आम नागरिकको बिच रहेर सधै समाजको सेवामा तल्लिन रहन प्रण गर्ने कुरा बताउदै रक्तदान कार्यक्रमको निरन्तरता रहने कुरा बिभागिय अध्यक्ष ईश्वर अर्यालले बताउनु भयो ।

युनियन संघ दाङले पनि रक्तदान कार्यक्रम गरि स्थापना दिबस मनाएको कुरा युनियन दाङका अध्यक्ष बामदेब शर्मा खनालले जानकारी दिनु भयो । यस्तै युनियन मोरङले फलफुल बितरण गरेर युनियन स्थापना दिबस मनाएको कुरा जानकारी गराएको छ ।

देस भर आज युनियनको स्थापना दिबस मनाएकोमा धनुषामा खाध्यन्न बितरण , रुपन्देहिमा असाहय बालबालिकाको स्कुलमा खाध्य सामाग्री बितरण गरिएको जानकारी रुपन्देही अध्यक्ष मोहन नेपालले जानकारी गराउनु भयो । स्वछ खाने पानीका लागि वाटर डिस्पेन्सर बितरण गरिएको कुरा गुल्मी युनियन का अध्यक्ष हरि ज्ञवालीले जानकारी गराउनु भयो ।

कास्की युनियन का अध्यक्ष डार्बिन लम्सालले पनि युनियन दिबसमा पोखरामा विशेष कार्यक्रम गरिएको र धौलागिरिको बाग्लुङमा समेत विशेष सामाजिक कार्यक्रम गरिएको जानकारी अध्यक्ष देब शर्माले जानकारी गराउनु भयो ।