युरो किड्सका विद्यार्थीको स्वास्थ्य परीक्षण

377

भक्तपुर । युरो किड्स सल्लाघारी भक्तपुरमा पढीरहेका साना केटाकेटीको विद्यालयमै चिकित्सक आएर स्वास्थ्य जाँच गरेका छन् ।

भक्तपुर अस्पतालका वरिष्ठ वालरोग विशेषज्ञ डा.किरण शाक्यले ती केटाकेटीको स्वास्थ्य जाँच गरिएको विद्यालयकी संस्थापक प्रिन्सिपल विनु गोदार थापाले बताइन ।

केटाकेटीहरु घरमा मोवाइल र टेलिभिजनमा बढी झुम्मिने हुनाले सानैदेखि उनीहरुको आँखा र कानमा समस्या देखिने र कम सुत्ने बानीले भविष्यमा उनीहरुको स्वास्थ्यमा असर पर्न सक्ने संभावनालाई मध्यनजर गर्दै विद्यालयले त्यहाँका विद्यार्थीलार्ई वरिष्ठ वालरोग विशेषज्ञबाट नियमित स्वास्थ्यजाँच गराउन थालेको विद्यालयका प्रवन्ध निर्देशक नवराज काफ्लेले बताए ।