राजधानीको त्रिपुरेश्वरमा आगलागी हुँदा १ को मृत्यु, धन्न जोगियो पेट्रोल पम्प

367

काठमाडौँ -राजधानीको त्रिपुरेश्वरस्थित एक मोटरसाइकल वर्कशपमा बिहिबार साँझ भीषण आगलागी भएको छ ।

आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आगलागीमा परी मृत्यु हुनेमा   मुलायम मिया भएको महानगरीय प्रहरी बृत्त कालिमाटीले जनाएको छ ।

उनको शब  पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

 त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरसँगै रहेको मोटरसाइकल वर्कशपमा  आगलागी  भएको हो ।  दमकल, प्रहरी तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा लिइएको छ ।

वारुणयन्त्र लगायत आगलागी नियन्त्रण दस्ताले समयमै काम  आगलागी नियन्त्रणमा लिन सक्दा ठूलो दुर्घटना टरेको छ ।

नजिकै रहेको पेट्रोल पम्पमा आगो फैलिन नदिन  निकै सम्यमता अपनाइएको थियो ।  बाक्लो घर बस्ती भएको स्थान नजिकै आगलागी हुँदा सो क्षेत्रका बासिन्दा त्रसित बनेका थिए ।

आगलागी  विद्युत सर्ट भएर सुरु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।