राधाकृष्ण जेष्ठ नागरिक मिलन चौतारीलाई कुर्सी र लुडो हस्तान्तरण

15

भक्तपुर । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा, चाँगुनारायण नगरपालिका तथा स्विस रेडक्रसको साझेदारीमा सञ्चालित “स्वास्थ्य बुढौलीका लागि सहारा परियोजना” अन्तर्गत चाँगुनारायण–८ स्थित राधाकृष्ण जेष्ठ नागरिक मिलन चौतारीलाई कुर्सी र लुडो बोर्ड हस्तान्तरण गरिएको छ।

सो हस्तान्तरण कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष जनक खत्री, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डे तथा सहारा परियोजना संयोजक उमा थापा उपस्थित रहेका थिए।

कार्यक्रममा बोल्ने वक्ताहरूले जेष्ठ नागरिकहरूको स्वास्थ्य, मनोरञ्जन र सामाजिक सहभागितालाई प्रोत्साहित गर्ने यस्ता पहल अत्यन्तै उपयोगी हुने धारणा व्यक्त गरे।