काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापासहितका नेताहरु पक्राउ परेका छन्।
हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी थापासहितका नेता पक्राउ परेका प्रवक्ता भुवन पाठकले बताए। अध्यक्ष कमल थापासहित दीपक बोहरा, बुद्धिमान तामाङ लगायत पक्राउ परेका हुन्।

शान्तिपूर्ण आन्दोलनका क्रममा पद्मोदय मोडमा आइपुग्दा प्रहरीले हस्तक्षेप गरेको पाठकले बताए।
घाइते ४० भन्दा बढी कार्यकर्ताहरुको मोडल हस्पिटलमा उपचार भइरहेको उनको भनाइ छ।







































