भक्तपुर । राष्ट्रिय खेलका लागि भक्तपुरमा खेलाडी छनोट गरिएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल भक्तपुर जिल्ला कार्य समितिले राष्ट्रिय खेलका लागि भक्तपुरवाट खेलाडी छनोट गरेको छ ।
भक्तपुरको कम्युनिकेटिभ ई.स्कुल प्राङ्गणमा बुधवार जिल्ला कार्यसमितिले प्रतियोगितात्मक रुपमा खेलाडी छनोट गरेको छ । भक्तपुरमा विभिन्न तौल समुहका खेलाडीहरु विच प्रतियोगिता गराई राष्ट्रिय खेलका लागि खेलाडी छनोट गरिएको राष्ट्रिय तेक्वान्दो संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष द्वारीका नाथ खयरगोलीले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरका विभिन्न डोजो एवं विद्यालयमा हरेका डोजोहरु वाट खेलाडी समावेस गरि राष्ट्रिय खेलका लागि छनोट गरिएको उहाँले बताउनुभयो ।
भक्तपुरवाट विभिन्न तौल समुह अन्र्तगत नौ जना खेलाडी राष्ट्रिय खेलका लागि छनोट भएका छन् ।
छनोट हुनेमा स्वानी मोत्तान , संजोक लामा, किरण छुस्याकी, कृष्ण छुस्याकी, मृहेन मोत्तान , नविन बासु , सविना श्रेष्ठ , अन्जली सिलवाल र सुम्मिता लामा रहेको जिल्ला सदस्य प्रकास लामिछानेले जानकारी दिनुभयो ।
छोनोट भएका खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सफलताको कामना दिदै जिल्ला खेलकुद समितिका अध्यक्ष दिलिप केसी र तेक्वान्दो संघ प्रदेश नम्वर ३ का संयोजक सनिस लागेजुले खेलाडी देशका गहना भएको बताउँदै छनोट भएका खेलाडीले राष्ट्रिय रुपमा भक्तपुरको पहिचान गराउनेमा आफुहरु विश्वस्त भएको बताउनुभयो ।
छनोटको केहि भिडियो









































