भक्तपुर । राष्ट्रिय तेक्वान्दो संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिले आज भक्तपुरमा एक कार्यक्रम विच खेलाडी सम्मान गरेको छ । छैटौं राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मध्यमाञ्चल क्षेत्रिय तथा राष्ट्रिय प्रतियोगितामा भक्तपुरवाट सहभागी भई उत्कृष्ठ हुन सफल खेलाडीहरुलाई शनिवार भक्तपुरमा संघले सम्मान गरेको हो ।
खेलाडीहरुलाई सम्मान गर्दै प्रमुख अतिथि भक्तपुर नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वले खेलाडी देशका नै गहना भएको वताउँदै आफ्नो नगरले खेलाडीकाको वृत्ति विकासमा नयाँ खाले योजना ल्याउन लागेको बताउनुभयो । उहाँले खेलाडीलाई सम्मान गर्दै आगामी दिनमा भक्तपुरवाट सहभागी खेलाडीहरुले राष्ट्रिय रुपमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा पनि सफलत हाँसिल गर्नेमा आफु विश्वस्त भएको वताउँदै शुभकामना पनि दिनुभएको थियो ।
उहाँको भनाई यस्तो रहेको थियो भिडियोमा
यस्तै कार्यक्रममा तेक्वन्दो संघ प्रदेश नम्वर ३ का संयोजक सनिस लागेजुले भक्तपुरमा विभिन्न खेलहरुमा अन्तराष्ट्रिय खेलाडी भएपनि पुर्वाधारको अभाव भएको बताउनुभयो । उहाँले हाल नेपालको शिर उच्चो पार्न ओलम्पिक एसियन गेममा पनि पदक विजेता खेलका रुपमा तेक्वान्दो मात्र रहे पनि यसको विकासमा कसैको चासो नजानु लाजमर्दो भएको वताउनुभयो । यदि कुनै पनि देश संग नेपालले लड्न र हराउन सक्छ भने केवल खेलका माध्यमवाट मात्र सम्भव भएको वताउँदै उहाँले अव विश्वलाई हराउन हामीले खेलकुदमा ठुलो विकास गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँको भनाई यस्तो रहेको थियो भिडियोमा
भक्तपुर जिल्ला खेलकुद संघका अध्यक्ष दिलिप केसीले भक्तपुरमा खेलकुदकालागि प¥याप्त सम्भावन भए पनि उचित खेल मैदान र कवर्ड हलको अभावका कारण समस्या भएको बताउनुभयो । उहाँले विजेता खेलाडी हरुलाई बधाई दिदै अन्य खेलाडीहरुलाई पनि प्रत्साहन एवं विकासका लागि आफुहरु लागि पर्ने समेत बताउनुभएको थियो ।
उहाँको भनाई यस्तो रहेको थियो भिडियोमा
यस्तै कार्यक्रममा विजेता खेलाडीहरुलाई सम्मानित गर्दै आगामी दिनमा पनि अझ पदक विजेता खेलाडी उत्पादनमा आफुहरु लागि पर्ने कार्यक्रमका सभापती एवं राष्ट्रिय तेक्वान्दो संघ भक्तपुर जिल्ला कार्यसमिति अध्यक्ष द्वारिका नाथ खयरगुलीले वताउनुभयो । उहाँले आगामी दिनमा कसरी भक्तपुरका खेलाडीले अझ वढि पदक ल्याउन सक्छन् भन्नेमा नै आफुहरु लागि पर्ने वताउनुभयो ।
उहाँको भनाई यस्तो रहेको थियो भिडियोमा
कार्यक्रममा सम्मानित हुने खेलाडीहरु निम्नानुसार रहेका छन् ।
स्वर्ण विजेताहरु
सन्तोष नापित
सुस्मिता लामा
रजत विजेताहरु
रुकु खाईजु
राम लामा
कास्य विजेताहरु
सोनी मोक्तान
सविना श्रेष्ठ
किरण छुस्याकी
मोहन मोक्तन