रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपीन आचार्य आगामी प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन्।
यसैगरी, नेकपा एमालेले पनि महासचिव शंकर पोखरेललाई सोही क्षेत्रबाट उम्मेदवार बनाएको छ।
पोखरेल २०७९ मा सोही क्षेत्रबाट थोरै मतअन्तरले माओवादी नेतृ रेखा शर्मासँग पराजित भएका थिए। दुवै उम्मेदवारको गृहजिल्ला दाङ रहेको छ।
आचार्यले उम्मेदवारीका लागि दाङ जाँदै गरेको जानकारी दिएका छन्।








































