रूपन्देही–१ देखि ५ मा कांग्रेसले उम्मेदवार तय

0

रुपन्देही । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेसले रूपन्देहीका विभिन्न निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको छ।

कांग्रेसले तयारीअनुसार उम्मेदवार टुंग्याएका विवरण यसप्रकार छन् :

  • रूपन्देही–१ : हिराबहादुर केसी
    २०७४ सालको स्थानीय तह निर्वाचनमा देवदह नगरपालिकाको मेयर निर्वाचित भएका केसी २०७९ सालको निर्वाचनमा एमालेका ध्रूव खरेलसँग मेयर पदमै पराजित भएका थिए।

  • रूपन्देही–२ : चुन्नप्रसाद पौडेल
    व्यवसायी पौडेल यशोदा फुड्स र बुटवल अस्पताल प्रालिका अध्यक्ष हुन्। कांग्रेसले सोमबार उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

  • रूपन्देही–३ : सुशील गुरूङ
    कांग्रेस क्षेत्र–३ का सभापति रहेका गुरूङ भैरहवा मेडिकल कलेजमा प्रशासन शाखामा कार्यरत छन्।

  • रूपन्देही–४ : प्रमोद यादव
    सम्भावित उम्मेदवार हुन्। पक्का टुंगो भने कांग्रेसले अझै दिएको छैन।

  • रूपन्देही–५ : भरतकुमार शाह
    शाह गत निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए।

यसरी कांग्रेसले रूपन्देहीमा चुनावी तयारी तीव्र बनाएको छ।