सुडाल । लिच्छवि कालदेखि अबरुद्ध भएको भक्तपुर सुडाल स्थित् गाई जात्रा यस वर्षपनि निरन्तरता दिईएको छ । लिच्छविकालिन राजा आनन्द देवको पालादेखी अवरुद्ध भएको सो जात्रा २०६९ सालबाट पुनः संञ्चालनमा ल्याईएको थियो ।
आनन्द देव राजाले भक्तपुर नगरलाई सुडालको ङाबुबाट हालको भक्तपुर नगर भएको स्थानमा सारेपछि विभिन्न जात्रा सहित गाईजात्रा पनि जात्रा सञ्चालन गर्न कठिन भएपछि जात्रा रोकिएको संस्कृतविद्हरुले बताएका छन् ।
सायता जात्राका रुपमा उक्त समय मनाईने गरेको गाई जात्रा नगर स्थानान्तरण सँगै हालको भक्तपुर नगरमा मनाउन थालिएको ईतिहाँसमा उल्लेख भएको सँस्कृती विधहरु वताउँछन् ।
संस्कृती विद् ओम द्यौभडेलका अनुसार सुडालमा हाल पनि अस्ट मात्रिका सहित ब्रम्हायणीको मन्दिर रही रहनुले पनि भक्तपुर नगरमा कुनै पनि धार्मिक काम गर्नु परेमा उक्त स्थानमा गएर पूजाआजा गर्नुपर्ने प्रचलन रहेको जानकारी दिए ।
उनले भने नगदुर्गको मुकुटका लागि पनि सो स्थानको माटो नै पहिला ल्याउनुपर्ने र पहिला सुडालकै दुई स्थानमा भक्तपुर नगर रहनुवाट गाईजात्राको महत्व सुडालमा धेरै रहेको छ ।
धौभडेलका अनुसार विक्रम संवत ९३० मा लिच्छविकालिन राजा आनन्द देवको पाला देखि रोकिएको जात्रा अर्थात परापूर्व कालदेखि सञ्चालनमा आएको जात्रालाई नयाँ पुस्ताले सञ्चालन गर्नु आजको आवश्यकता भएकोमा जोड दिए ।
युवा पुस्ताले मात्र संस्कृतिको रक्ष गर्न सक्ने भन्दै उनले आगामी दिनमा भक्तपुरमा रहेका र लोप हुन लागेका सबै जात्रा तथा पर्वहरुको अनुसन्धान गरी पुनः सञ्चालनमा ल्याउन सवै सक्रिय भएर लाग्नु पर्ने बताए ।

यस्तै भक्तपुरका अन्य स्थानमा पनि गाईजात्रा आफ्नै स्थानमा निकाल्न थालिएको छ ।
भक्तपुर नगर सम्म जात्रा लैजान कठिन एवं भिड हुने र आर्थिक रुपमा पनि खर्चिलो हुने भएपछि भक्तपुरका ताथली, वागिश्वरी , सिपाडोल,दधिकोट लगाएतका स्थानमा जात्रा निकाल्न थालिएको छ । जनधनत्को वृद्धि संग संगै आआफ्नै क्षेत्रमा मृतकको सम्झना गर्दै जात्रा निकाल्नु सहारनिय भएको संस्कृतिविधहरु बताउँछन् ।











































