Home समाचार वाइसिएल नेपालद्दारा विद्यालयलाई डेड लाख सहयोग
प्रकाशित मिति 2019/04/08
काभ्रे । वाइसियल नेपालले सामुदायिक विद्यालयलाई एक लाख पचास हजार सहयोग गरेको गरेको छ ।
काभ्रेको नमोवुद्द नगरपालिका वडा नम्वर ४ स्थित जोर सल्ला श्री ससांरीदेवी आधारभुत विद्यालयलाई एक लाख पचास हजार नगद सहयोग गरेका हुन् ।
सामुदायिक विद्यालय सुधार एवं सामुदायिक विद्यालयलाई सम्पूर्णको पहुँचमा लैजानु पर्छ भन्दै वाइसिएले जनाएको छ ।। सामुदायिक विद्यालय भनेका गरिवका छोराछोरी पढने विद्यालय हो एक छाक खान पनि समस्या भएका गरिवका छोराछोरीले पढन सकुन भन्ने हेतुले नै आफूले विद्यालयलाई सहयोग गरको वाइसिएले जनाएको छ ।
देशमा सवै शिक्षाको पहुँचमा पुग्न सकुन भन्ने हेतुले नै आफूले सामुदायिक विद्यालय सुधारको कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयमा सहयोग गर्दै आएको लामाले जानकारी दिनुभयो ।
लामा भन्नुहुन्छ हामीले सकेको सहयोग सामुदायिक विद्यालयहरुमा गर्न सके मात्र गरिवका छोराछोरी पढने विद्यालय सुधार हुन् सक्ने र धनीका छोराछोरी सँग प्रतिष्पर्धा गर्न सक्छन् ।
सामुदायिक विद्यालयमा सुधार गर्न केवल समुदायले मात्र चाहेर नहुने बताउँदै उहाँ भन्नुहुन्छ हामीले सामुदायिक विद्यालय सुधार गर्न चाहेमा पहिला शिक्षक सुधार हुनु पर्दछ अभिभावक उत्तरदायी हुनु पर्दछ त्यस पछि विद्यालय आफै सुधार हुन्छ ।
विद्यालयको २२ औं बार्षिकोत्सवको अवसरमा उहाँले विद्यालयलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो ।
विद्यालयको उक्त कार्यक्रममा प्रतिनीधि सभा सदस्य गंगा वहादुर तामाङ(बामध्वज)ले सामुदायिक विद्यालयले शिक्षा सुधार गर्न नसके शिक्षक देखि जनप्रतिनीधि सम्मलाई कारवाही गर्नु पर्ने बताउनुभयो । हामीले सामुदायिक विद्यालयको शिक्षाको विषयमा उपेक्षा गर्नु भन्दा पहिला आफूले विद्यालय सुधारमा के गरेँ भन्ने सोच्नु पर्दछ । उहाँ भन्नुहुन्छ हामीले सामुदायिक विद्यालयको विषयमा खण्डन मात्र गर्ने सुधारका कार्यक्रम केहि नगर्दा देशका अधिकाँस सामुदायिक विद्यालय धारासाही भएको छन् । अव पनि सुधारका लागि हामी आफै नलाग्ने हो भने नेपालमा शिक्षा कहिले सुधार नहुने उहाँ बताउनुहुन्छ ।
कार्यक्रममा तीन नम्वर प्रदेश सभा सदस्य रत्न ढकालले सामुदायिक विद्यालय सुधार गर्न आफै बाट सुरु गर्नु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा विद्यालयलाई सहयोग गर्दै आउनुभएका लामा लगाएतका अन्यलाई सम्मान समेत गरिएको विद्यालयका प्रअ गोविन्द चिमौरियाले बताउनुभयो ।
Related