विकासमा छलाङ मार्ने बजेट आएन’

401

चालू आर्थिक बर्षको बजेट आर्थिक विकासमा छलाङ मार्ने किसिमको नभएको राजनीतिक तथा निजी क्षेत्रले दिएको छ।

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोबिन्दराज पोखरेलका भनाईमा, प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक विकासमा छलाङ मार्ने अवस्था आएको बताए पनि आज प्रस्तुत बजेटले विकास निर्माणमा छलाङ मार्न सक्दैन।

‘बाम गठमन्धनले चुनावी घोषण पत्रमा महत्वाकांक्षी योजनाहरु राखेपनि बजेट त्यो परिपूर्ति गर्नेतर्फ उन्मुख छैन, रेलमार्ग, पानी जहाजको निर्माण गरेरै छोड्ने भनिएको थियो, तर यही शीर्षक राखेर बजेट निर्माण गरिएको छैन’ पोखरेलले भने, ‘चुनावी घोषणा पत्रमा उल्लेखित कुराहरु सिर्फ भोटका लागि रहेछ भन्ने कुरा बजेटले सावित गरेको छ।’

बजेटले विकास निर्माणको कामलाई प्राथमिकतामा नराखेको दावीपनि उनले गरे। ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य राखिएपनि निजी क्षेत्रलाई प्रबद्र्धन गर्ने योजनाहरु नरहेको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकाले बजेट उत्साहजनक र निराशाजनक दुबै नरहेको बताए। मुरारका भन्छन्, ‘बजेटमा खास कार्यक्रम समावेश छैनन्, सरकारले व्यापार घाटा कम गराउने त भनेको छ, तर त्यसका लागि खास योजना र कार्यक्रम छैनन्। निजी क्षेत्र बजेटप्रति सन्तुष्टपनि छैन, असन्तुष्ट पनि छैन।’