अमेरिकाको डेनवर भन्ने ठाउमा सुसन पोटर नाम गरेकी एक महिला बस्थिन् ।
सुसन दुई सन्तानकी आमा थिइन् । उनको सन् २०१५ मा ८४ वर्षको उमेर हुदा निमोनियाका कारण मृत्यु भयो ।
सुसनले मृत्यु हुनु १६ वर्ष अघि नै आफ्नो शरिर विज्ञानका लागि दान गर्ने निर्णय गरेकी थिइन् । यी १६ वर्ष सुसनले आफ्नो जीवन क्यामराका अगाडि व्यतित गरिन् ।
उनको शरिरलाई नयाँ पिढीले विज्ञानमा अनुसन्धनका लागि प्रयोग गर्नेछन् । प्रविधिको मद्दतले मानव शरिरलाई राम्रो तरिकाले बुझ्नका लागि उनको शरिर २७ हजार टुक्रा पारिनेछ ।
सुसनको शरिरलाई इम्मोर्टल कर्प्स भनिन्छ । अर्थात्, एउटा यस्तो मुर्दा शरिर जो अमर छ । मृत्युअघि सुसनले आफूलाई टुक्रा पारिने औजार हेर्न चाहेको बताइन् । साथै उनले आफूलाई राखिने फ्रिज पनि हेर्ने इच्छा देखाइन् ।
भिडियो










































