काठमाडौं । राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव अधिकारसम्बन्धि अभिमुखीकरण गरेको छ ।
वर्तमान समयमा मानव अधिकारको संरक्षण र संवद्र्वनका लागि विद्यार्थीलाई आफ्नो भूमिकाप्रति सचेत बनाउनको लागि मानव अधिकार शिक्षा प्रदान गरिएको विद्यालयका प्रिन्सिपल राजु राईले बताए ।
राष्ट्रिय मानव अधिकार आयोगनका उप–निर्देशक यज्ञप्रसाद अधिकारीको संयोजकत्वमा विद्यार्थीलाई मानव अधिकारका विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय विषयमा शिक्षा दिएका थिए ।
विद्यालयमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी उक्त अभिमुखीकरण कार्यक्रममा आयोगका उप–निर्देशक अधिकारीले मानव अधिकारसम्बन्धि विश्वव्यापी घोषणापत्र १९४८ का सबै धारामाथि प्रकाश पार्दै आफूले अधिकार पाउनको लागि कर्तव्यबोध पनि हुनुपर्ने कुरामा विद्यार्थीलाई स्पष्ट पारेका थिए ।








































