विरामीलाई फलफुलको सट्टा गेट वेल सुन कार्ड लगौं

2421

भक्तपुर ।
विरामी भेट्न जाँदै हुनु हुन्छ ?
विरामीलाई लगेको फलफुल खानेकुरा बुकेले के विरामीलाई कतै असर त गरि रहेको छैन ?
विरामीलाई खानेकुरा बुके हैन अव गेट वेल सुन कार्ड लैजाउँ भन्दै विश्व उपभोक्त दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले गेट वेल सुन कार्डको लोकार्पण गरेको छ । भक्तपुरमा पत्रकार सम्मेलन गर्दै केन्द्रले अवका दिनमा विरामीलाई भेट्न जाँदा उनीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै गेट वेल सुन कार्डको प्रयोगमा जोड दिनु पर्ने जनाएको छ ।

के हो त गेट वेल सुन कार्ड

गेट वेल सुन कार्ड एउटा सामान्य कार्ड जस्तै देखिने भएपनि यो मेसिन रिडेवल USB RFID READER प्रणाली अन्तर्रगत संचालन हुने भएका कारण यो सुरक्षको दृष्टीकोणले दुव्लीकेसन हुन सक्दैन । यस्ता कार्डहरु नेपालमा अख्तियार , विमान स्थल ,प्रधानमन्त्री कार्यालय लगाएतका अति सम्वेदनशिल क्षेत्रका प्रयोग हुने कार्ड जस्तै अत्यन्तै सुरक्षीत रहेको छ । यो कार्ड हामीले भक्तपुरका तीन अस्पताल भक्तपुर क्यान्सर अस्पताल , सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर अस्पताल साथै काठमाण्डौको निजामती अस्पताल सिनामंगलमा प्रप्त गर्न सक्दछौं । उक्त कार्ड हामीले अस्पतालको काउन्टवार बाट खरिद गर्न सक्छौ । खरिद गरिएको उक्त कार्डलाई पुन विरामीले कार्डमा उल्लेखित रकम वरावरको रकम नै आफुले प्राप्त गर्न सक्दछ । या उसले उक्त कार्डको मार्फत आफ्नो अस्पतालको विल चुक्ता गर्न , औषधी खरिद गर्न साथै नगदमा नै पनि रुपान्तरण गर्न सक्ने समाजवाद अध्ययन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार उक्त कार्ड अस्पतालहरुलाई निशुल्क रुपमा उपलब्ध गराईने छ साथै उक्त कार्डको अस्पतालले पनि कुनै पनि सर्भिस चाज नलिने समेत संस्थाले जनाएको छ ।

नेपाल सरकारका मुख्य सचिब लोकदर्सन रेग्मीको सदिक्षा अनुरुप अस्पतालमा अस्पतालजन्य फोहोर बाहेक अन्य फोहोर र अनावश्यक बस्तुको प्रबेस रोक्ने मनसाय अनुरुप समाजवाद अध्ययन केन्द्रले गेट वेल सुन कार्डको थालनी गर्न लागेको अध्यक्ष दुर्गाप्रसाद फुयालले बताउनु भयो । आगामी दिनमा जसरी नदि सफाइ भयो त्यसै गरि अस्पताल पनि सफा राख्ने बिषयमा सरकारले महसुस गर्ने कुरामा समेत संस्थाले आशा राखेको बताउँदै यसमा सबै निकायको सहयोग हुनेमा बिश्वास लिईएको छौ अध्यक्ष फुयालले बताउनुभयो ।

यस्तो सेवा विस्तारले विरामीहरुलाई केहि हद सम्म राहत मिल्ने मात्र नभएर यो नै संविधानत समाजवादको प्रयोग भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल टेलिभिजनका महांप्रबन्धक महेश दाहलले बताउनुभयो । उहाँका अनुसार समाजवाद अध्ययन केन्द्रले थालनी गर्न लागेको यो कार्यक्रम सरकार आफैले थालनी गर्नु पर्नेमा उहाँले जोड दिनुभएको थियो ।
कतिपय खानेकुराहरु कुहिएर जाने तथा फलफुल लगाएतका खानेकुराहरुका कारण अस्पतालमा फोहर समेत जम्म हुँदा विरामीमा उल्टै थप समस्या समेत पर्दै आएको बताउँदै भक्तपुर अस्पतालकी डाक्टर सरिता श्रेष्ठले यो कार्ड प्रभावकारी रहेको बताउनुभयो । उहाँका अनुसार कमजोर आर्थिक अवस्था भएका विरामीहरुका लागि त यो सेवा झनै उपयुक्त भएको बताउँदै यो सेवा सवै अस्पतालहरुमा लागु गर्न पहल गर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

यो कार्डको प्रयोग सहज तरिकाबाट हुन सकेका खण्डमा विरामीहरुलाई आर्थिक रुपमा समेत सहज हुने क्यान्सर अस्पतालका प्रशासक राजाराम तजले बताउनुहुन्छ । क्यान्सर अंग प्रत्यारोपण जस्ता अस्पतालमा आउने विरामीहरु भनेको ठुलो आर्थिक भार बोक्नु पर्ने खालका नै विरामीहरु हुने बताउँदै उनीहरुलाई आगन्तुकले ल्याउने उपहार स्वरुप दिने फुल , खानेकुरा भन्दा नगदमा रुपान्तरण गर्न मिल्ने गेट वेल सुन कार्ड नै घेरै प्रभावकारी हुने उहाँको भनाई थियो ।
समाजवाद अध्ययन केन्द्रले विश्व स्वास्थ्या दिवस चैत २४ का दिन देखि लागु हुने गरि गेट वेल सुन कार्ड ४ अस्पतालहरुमा प्रयोगमा ल्याउने भएको छ ।