भनिन्छ विवाह जन्म जन्मको बन्धन हो । यसमा दुई जीउ एक हुने मात्र नभई दुइ मुटु, भवना पनि एक हुन्छ ।
वैवाहिक जीवन किन टुट्छ ?
भनिन्छ विवाह जन्म जन्मको बन्धन हो । यसमा दुई जीउ एक हुने मात्र नभई दुइ मुटु, भवना पनि एक हुन्छ । यो केवल दुई व्यक्तिको मिलन मात्र नभई दुई परिवारको मिलन पनि हो । त्यसैले यसलाई पवित्र बन्धन पनि भनिन्छ । तर यो पवित्र बन्धन विभिन्न कारणले गर्दा क्षण भरमै टुट्न पुग्छ । के कारणले हुन्छ यस्तो? जानौँ केहि कारणहरु :
१) हरेक कुरा आफ्नो बाबु आमालाई बताउनु :
बिहे गरिसकेपछि पति पत्निको आफ्नै भुमिका हुन्छ । पतिले पत्निको र पत्निले पतिको वास्ता वा माया गर्नु दुवै दायित्व हुन्छ । तर कतिपयमा बिहे गरिसकेपछि पनि धेरै जसो कुरामा बाबु आमा नै भर पर्ने र हरेक कुरा बताउने बानी हुन्छ जुन पति वा पत्नि मध्ये एकलाई मन नपर्न सक्छ । अनि यहि कुराबाट विवाद बढ्न थाल्छ ।
२) साथीलाई बढि महत्व दिनु :
बिहे अघि जीवन स्वन्तन्त्र हुन्छ र धेरै साथी हुन सक्छन् । अनि ती साथीले भने अनुसार गरिएको हुन सक्छ । तर बिहे भई सकेपछि सबैभन्दा नजिकको साथी भनेको आफ्नो पति वा पत्नि हुनुपर्छ । यसको मतलब यो होइन कि साथीलाई भुल्नुपर्छ तर यो हो कि प्राथमिकता आफ्नो पति वा पत्निलाई दिनु पर्छ ।
३) एक अर्काको इज्जत नगर्नु :
पति पत्निमा हुने यो सबै भन्दा नराम्रो कुरा हो । सधै नजिक भईसकेपछि एक अर्काको सबै कुरा, राम्रो- नराम्रो बानी थाहा पाउनु स्वाभाविक हो । यस्तो अवस्थामा आफूलाई मन नपर्ने बानीलाई लिएर झगडा गर्नु वा इज्जत नगर्नु भन्दा त्यस्तो बानीलाई सुधार्नतिर लाग्नुपर्छ ।
४) एक अर्कालाई कम समय दिनु :
यो एक प्रकारले वास्ता नगर्नु जस्तै हो तर यसभित्र धेरै कुरा पर्छन्- जस्तै: माया, वास्ता, शारिरिक सम्पर्क आदि । यदि पति वा पत्नि मध्ये कुनै एकले अर्काको यौन इच्छा पुरा गर्दैन, भावनाको कदर गर्दैन वा हरेक कुरामा बेवास्ता गर्छ भने पनि बैबाहिक जीवनमा समस्या आउन थाल्छ ।
त्यसैले यदि तपाई पनि आफ्नो वैवाहिक जीवन सुख पुर्वक जिउन चाहनुहुन्छ भने एक अर्कको भावनालाई बुझेर इच्छा र चाहनालाई सम्मान गर्नुस्, जीवनमा मिठास आउनेछ ।
Related