शहिद भरत गोपालले बल्ल न्याय पाए

444

भक्तपुर । भक्तपुरका नेपाली कांग्रेसका नेता स्व भरत गोपाल झालाई तत्कालिन पञ्चायति क्रुर सासकका हिमायतिहरुले २०२० साल चैत्र २६ गते जेल बाट ऊपचार को नाममा वीर अस्पातलमा लगि कसैलाई भेट्न नदीइ हत्या गरेकोमा लामो संघर्स र दवाब पस्चात सरकारले उहाँलाई हाल आएर सहीद घोषणा गरेको छ ।

शहिद दिवसका अवसरमा उहाँलाई सम्झँदै उहाँको योगदानको सम्झना गर्दै उहाँलाई सहिद घोषण प्रति भक्तपुर काँग्रेसले कृतज्ञता ब्यक्त गरेको छ ।

कार्यक्रम मा उपस्थित प्रमुख अतिथि जिल्ला सभापति दुर्लभ थापा ,अतिथि हरु पूर्व सभापति हरु तिलक कायस्थ ,लेखनाथ न्यौपाने,गणेश चक्रधर,दमन नाथ ढुंगाना लगायत उपस्थित महानुभवहरुले भरत गोपाल झाको योगदान र पञ्चायती ब्यवस्था अन्त्यको एक पाटोका रुपमा रहनु भएको एक सच्चा योद्दा उहाँ रहनु भएको तर सरकाले लामो समय सम्म उहाँको योगदानको कदर गर्न नसकेको प्रति दुःख समेत ब्यक्त गर्नु भएको थियो ।

२० वर्षको उमेरमा नेपालमा पञ्चायती ब्यवस्थाको विरुद्दमा लड्नु भएका उहाँले हाल आएर न्याय पाउनुभएको उहाँहरुले बताउनुभयो ।
कार्यक्रमको सभापतीत्व स्वगिय झा पत्नी एवं सहिद भरत गोपाल झा स्मृति प्रतिष्ठानकी अध्यक्ष सारदा झाले गर्नु भएको थियो भने कार्यक्रम संचालन प्रतिष्ठानका सचिव किरण न्यौपानेले गर्नुभएको थियो ।