संस्कृति पर्यटन मन्त्रीबाट देवघाटधाममा श्री शङ्कराचार्य आश्रम भवनको शिलान्यास

0

देवघाटधाम । पवित्र धार्मिक स्थल देवघाटधाममा श्री शङ्कराचार्य आश्रम भवनको शिलान्यास कार्यक्रम भव्य तथा गरिमामय रूपमा सम्पन्न भएको छ।

धर्म, संस्कृति तथा आध्यात्मिक चेतनाको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त आश्रम भवनको शिलान्यास विशेष धार्मिक अनुष्ठानसहित सम्पन्न गरिएको हो। बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले भवनको शिलान्यास गर्नुभएको हो । उक्त्त कार्यक्रममा मन्त्रालयका सचिव दिपेन्द्र सुवेदी तथा विभिन्न गुरु तथा साधुसन्तहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले देवघाटधामको धार्मिक तथा सांस्कृतिक महत्वलाई उजागर गर्दै आश्रम निर्माणले यस क्षेत्रलाई थप आध्यात्मिक केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

उक्त अवसरमा उपस्थित श्रद्धालुहरूको उल्लेखनीय सहभागिताले कार्यक्रमलाई अझ भव्य बनाएको थियो। आश्रम निर्माणले धार्मिक पर्यटन प्रवर्द्धनका साथै स्थानीय विकासमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।