काभ्रे : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जनमत प्राप्त शक्तिलाई सरकार सञ्चालन गर्न कुनै समस्या नहुने टिप्पणी गर्दै नेता सिंहले सरकार छोड्ने विषयमा आफूहरुलाई कसैले सिकाउन नपर्ने बताउनुभएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिकामा निर्मित पाटनेखोलाको पुल उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेसले जनमतको समान गर्दै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न तयार रहेको उल्लेख गर्दै सत्ता हस्तान्तरणका लागि निर्वाचनको प्रक्रिया पुरा हुनुपर्ने बताउनुभयो ।
कांग्रेस पनि पटक–पटक सत्ता सञ्चालनको जनमत पाएको पूरानो पार्टी भएकाले धेरै हौसिएर प्रमुख प्रतिपक्षी केही होइन सबै हामी मात्र हो भन्ने घमण्ड नगर्न वाम गठबन्धनलाई नेता सिंहले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा कांग्रेस काभ्रेका नेता कञ्चनचन्द्र वादेले जिल्लाको विकासका लागि पक्ष विपक्ष नभनी लाग्नुपर्ने बताउनुभयो ।
बेथानचोक गाउँपालिकाका प्रमुख प्रेमबहादुर सिंहले गाउँपालिका तथा सडक र पुलहरुको अवस्थाका बारेमा बताउँदै भुकम्प प्रभावितका लागि तोकिएको समायावधि थप्नका लागि आग्रह गर्नुभयो ।







































