भक्तपुर । आईतवार प्रमुख अतिथी नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधि सभा सदस्य भक्तपुर क्षेत्र नम्वर २ का सभासद दुर्लभ थापाले एक कार्यक्रम बिच नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरूण दल केन्द्रिय बिभाग बागमति प्रदेश सदस्य मिर्गौला पीडित जपिन्द्र अवाल (मेथी )लाई खादा र माला र उहाँ कै रोहवरमा नेपाली काँग्रेस सुर्य बिनायक नगर कार्य समिति सदस्य एवं समाज सेबी रबि राणाले एकलाख पच्चिस हजारको चेक प्रदान गर्नु भयो । सो अवसरमा सासद थापाले भन्नु हामी राजनिति कर्मी भनेका समाजलाई सहिमार्ग देखाई समाज सेवा गरेर समाजका गरिब दुःखी लाई सेवा गर्ने उदेश्य बोकेर अगाडि जनताका सेवामा लाग्ने सेवक हौ । राजनितिक कर्मीले सधै भरी निस्वार्थ भावले काम गर्नु पर्छ तेरो मेरो भनेर जनताका काम र बिकाशमा पक्षपात गर्नु हुदैन आज नेपाली कांग्रेस सुर्य बिनायक नगर समितिका सदस्य तथा युवानेता रबि राणाले जुन सेवाभाव देखाएर पार्टी प्रति बफादार सधै देश र जनताका लागि लड्ने योध्दा तरूण दलका भाईलाई सहयोग गर्नु भयो म यसका लागी रबिभाई लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु । भन्दै उहां जुन बातावरणमा हुर्कनु भयो त्यो महान परिवार एउटा समाजमा केही गरौ भन्ने र सधै जनसेवामा लाग्ने परिवार भएकै कारण यस्तो महान कार्यमा लाग्ने प्रेरण उहाँमा जाग्यो यस्तो महान समाज सेबी भाईलाई जन्मदिने आमालाई म नमन गर्न चाहन्छु भन्दै कतिपय मान्छे धन भएर दान गर्न नचाहने र देश र जनतालाई लुट मच्चाई रहेका पनि देखेका छौ । धन भएर केही हुदैन मनको धनी चाहिन्छ । आजको उदाहरणिय ब्यक्तित्व रबि राणा भाई हुनुहुन्छ पार्टी र देशका लागि निरन्तर लाग्ने भाईलाई यस्तो दुःख को बेला जुन सहयोग गर्नु भयो यसको जतिसुकै प्रसंसा गरे पनि कमै हुन्छ भन्नु भयो
विगत लामो समयदेखि मृगौला रोगबाट उपचारार्थ नेपाली कांग्रेस तरुण केन्द्रीय विभाग बागमती प्रदेश सदस्य जपिन्द्र अवाल (मेथी) लाई रु १ लाख २५ हजार सहयोग गर्नुभएकोमा नेपाली कांग्रेसका युवा नेता रवि राणा माननिय थापाले धन्यवाद दिनु भयो । सो कार्यक्रममा नेपाली कांग्रेस सुर्यबिनायक नगर समिति का सदस्य तथा नेता एवं समाजसेवी रबि राणाले आफ्नो यो सानो सहयोग गर्नुका पछाडि आफ्नै परिवारिक महौल नै हो भन्दै दाई कविर राणा स्व आमा र वुवा तथा परिवारको बातावरणले नै ठुलो भुमिका खेलेको बताउदै राणाले राजनिति भनेको बिसुध्द समाज सेवा हो र आफु त्यही मन्त्र लिएर राजनितिमा जनता सामु आएको बताउदै उहांले आफुले कमाएको केही रकम दुःखी पिडित लाई सहयोग गर्दै आएको बताउनु भयो । बर्तमान समयमा अहिले राजनितिलाई कमाई खानेको रूपमा बदनाम गरि रहेको यस्तो समयमा राणाले गरेको यो सहयोगले कार्यकर्तालाई अझ हौसला प्रदान गरेको छ । त्यसो त मृगौला पीडित तरूण कांग्रेसका नेताले यो सहयोगले आफूमा उर्जा दिएको बताउदै करिब चार महिना अगाडि आमाले आफूलाई मिर्गौला दिएर मानव अंग अस्पताल भक्तपुरमा ट्रान्सप्लान्ट गरेको बताउनु भयो ।त्यसो समाज सेवी राणाकै पहलमा भुकम्प,दैबिप्रकोप ,कोभिड भने बालकोट सिरूटार लगाएतमा समेत पीडित लाई सहयोग गर्दै आएको छ भने कोभिडमा ११११ परिवारलाई सहयोग गरेको श्रोतले बताएको छ ।








































