सविना बचाउ अभियानकाे तयारी पुरा

1240

भक्तपुर । पाठेघरको क्यान्सरबाट पिडित २१ बर्षिय सविना तामाङको उपचारमा सहयोगार्थ भक्तपुरमा सांगितिक कार्यक्रम काे तयारी पुरा भयकाे छ । जेष्ठ २६ गते शनिवार भक्तपुरको शुभकामना पार्टी प्यालेमा सविना बचाउ अभियान अन्र्तगत सांगितिक कार्यक्रम काे सम्पुर्ण तयारी पुरा भयकाे हाे ।
काभ्रे तिमाल गाउँपालिका वडा नम्वर ९की सविनालाई क्यान्सर रोगको उपचारार्थ गर्न लागियकाे कार्यक्रमकाे तयारी पुरा भयकाे कार्यक्रम सँयाेजक राेज लामाले जानकारी दिए । निम्न वर्गिय परिवारमा जन्मेकी उनलाई सानो उमेरमा नै पाठेघरको क्यान्सर लागेको र उनको थापाथाली अस्पतालमा उपचार गराई रहेको लामाले जानकारी दिय ।
भक्तपुरमा तामाङ समुदायले अायाेजना गरेकाे याे छैठाै बचाउ अभियान हाे । अाफु पनि बाँच अरूलाई पनि बचाउ भन्ने उक्ती चरितार्थ स्वरूप अाफुहरूले छैठाै अभियान अनुरूप सविना बचाउ अभियान सँचालन गरेकाे लामा बताउँछन् ।
आफ्नो आर्थिक अवस्थाले उनको उपचार धान्न नसकेको उनका पती हावा दोङ बताउँछन् ।
२४ बर्षिय दोङ आफ्नी श्रीमती सविना बचाउन हाल दिन रात दुःख गरि रहेको सुनाउँछन् । क्यान्सरका कारण पिडामा रहेकी आफ्नी श्रीमतीलाई बचाउन उनले सवै समक्ष आग्रह समेत गरेका छन् ।
तामाङ सांगितिक दुनियाँमा ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका कलाकारहरुको पनि उपस्थिती रहने छ ।
तामाङ कलाकारहरूले अरूकाे जिवन बचाउन अाफै उपस्थित भयर विभिन्न स्थानमा कार्यक्रमहरू निशुल्क नै गर्दै अायका छन् ।
छाेर्वाला काई रेडियाे गेताङकाे विषेस सहयाेगमा अायाेजना हुन लागेकाे सविना बचाउ अभियानकाे तयारी पुरा भयकाे कार्यक्रम सहयाेगी सुदिन दाेङले जानकारी दिय ।