भक्तपुर । सवै भक्तपुरबासीको साथ र सहयोग नभएसम्म हनुमन्ते सफा नहुने प्रदेश नम्वर ३ कि प्रदेश सदस्य रजनी जोन्छेले बताउनुभएको छ ।
हनुमन्ते सफाईको ३८ औं सप्ताहका क्रममा सल्लाघारीमा खोला सफाईको नेतृत्व गर्दै उहाँले जव सम्म खोला सफा गर्न हामी एक जुट हुन्नौ तव सम्म खोला सफा नहुने उहाँको भनाई थियो ।
हनुमन्ते सफा हुन् पहिला भक्तपुर बासीको मन पनि सफा हुनु पर्ने बताउँदै उहाँले अव कुनै पनि भक्तपुर बासीले हनुमन्तेमा फोहर गर्दिन भन्ने प्रण र ब्यवहारमा लागु मात्र गरे हनुमन्ते सफा हुन् धेरै दिन नलाग्ने उहाँको दावी थियो ।
हनुमन्ते सफाईमा स्थानीय बासिन्दा सेना प्रहरी विभिन्न संघ संस्था विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।







































