भक्तपुर । देश भर भर्ना अभियान चलि रहँदा सामुदायिक विद्यालयले आफु स्तर उन्नती हुन नसक्दा विद्यार्थी सँख्यामा गिरावट आएको आरोप खेपि रहँदा भक्तपुरको दुर्गमा स्थानमा रहको सरस्वती माध्यमिक विद्यालयले भने विद्यार्थीकोलागि डिजिटल प्रविधिमा अध्यापन सुरु गरेको छ ।
जिल्लाको दुर्गम स्थानमा रहेको सरस्वती माध्यमिक विद्यालय थाकलमठले विद्यार्थीलाई मध्यनजर गर्दै यो वर्ष देखिं डीजीटल प्रविधिका औजार उपकरण तथा सफ्टवेरमा अध्यापन गराउने भएको हो । चाँगुनारायण नगरपालिकाको वडा नम्वर ८ मा अवस्थित विद्यालय जिल्लाको दुर्गम स्थानमा नै भएको भएपनि अव उक्त विद्यालय सँग नीजि विद्यालयले प्रतिस्पर्दा गर्नु पर्ने भएको छ । जिल्ला भर नगन्य मात्रामा स्मार्ट वोड र डिजिटल प्रविधिमा अध्यापन गराईने भएपनि विद्यालयले ऋण नै काटेर डिजिटल प्रविधिमा आँट गरेको छ ।
हामीले ऋण नै लिएर विद्यार्थीकालागि आधुनिक अध्यापन प्रविधिमा गएका छौं अवका दिनमा सामुदायिक विद्यालयले नीजि सँग हैन नीजिले सामुदायिक विद्यालय सँग प्रतिस्पर्दा गर्ने दिन आएको विद्यालयका प्रअ इन्द्रमणी गिरी वताउँछन् ।
२६ लाख ४६ हजार लागतमा विद्यालयमा ८ वटा स्मार्ट वोर्ड , ८ वटा नै डिजिटल डिस्प्ले , ८ वटा ल्यापटप , विद्यार्थी र शिक्षकको लागि डिजिटल परिचय पत्र रिर्डर सेन्सर गेट , विद्यालयको सुचनाको लागि डिजिटल बोर्ड नै साथै अन्य विभिन्न डिजिटल सेवा सहित आफुहरुले यस वर्ष देखि विद्यार्थीलाई अन्तराष्ट्रिय सैलीमा अध्यापन गराउन लागेको उनले जानकारी दिए । विद्यालयमा आफ्ना बालवालिका पुगे पुगेनन भन्ने केवल अभिभावकले आव आफ्नो स्मार्ट फोन मार्फत नै थाह पाउने सुविधा सहित यस वर्ष देखि विद्यालयमा अध्यापन गराईने भएका कारण अव अभिभावकले आफ्ना सन्तान कस्तो पढि रहेका छन् के मा सुधार गर्नु पर्ने रहेछ भन्ने घरै बसेर थाहा पाउन सक्ने प्रअ गिरी बताउँछन् । समुदायको साथ र सहयोगका कारण ऋण नै गरेर भए पनि विद्यालयलाई आफुहरुले आधुनिक शिक्षण प्रविधिमा लगेको सुनाउँदै उनले उक्त ऋण तिर्न भने विभिन्न सहयोगी संस्था नगरपालिका लगाएतका संघ संस्थालाई आवहान गर्ने वताए ।
डिजिटल प्रविधिमा अध्यापन गराउने विद्यालयका रुपमा भक्तपुर जिल्लामासरस्वती माविले यस वर्ष देखि सेवा बिस्तार गरेको देख्दा सवै सामुदायिक विद्यालयले आव यसै गर्नु पर्ने आवश्यकता भएको नेपाल सरकारका कानुन मन्त्री एवं डिजिटल प्रविधिको उद्घाटन कर्ता सेर वहादर तामाङ वताउँछन् । यसै गरि सामुदायिक विद्यालयहरु पनि आधुनिक प्रविधिमा प्रवेश गरि सेवा दिने हो भने नीजि विद्यालयको कुनै दिन नेपालमा नै आवश्यक नपर्ने उनले वताए । सामुदायिक विद्यालय त्यो पनि पिछडिएको स्थानमा रहेको त्यसामा पनि जिल्लामा नै पहिलो सामुदायिक विद्यालय जसले आधुनिक प्रणलिमा अध्यापन गराउने आँट गरेको छ यस्तो विद्यालयलाई सरकारले नै प्रोत्साहित गर्दै लैजाने उनले वताए ।
आधुनिक प्रविधि उद्घाटन कार्यक्रममा विद्यालयले अधिल्लो शैक्षिक सत्रमा उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान समेत गरेको थियो । विद्यालयमा हाल ३०० विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।







































