काठमाडौं ।
दक्षिण एशियाली क्षेत्रीय सदस्य मुलुक (सार्क) का क्यान्सर विशेषज्ञहरुको संस्था सार्क क्यान्सर विशेषज्ञ महासंघ—नेपाल शाखाको अध्यक्षमा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.राजेन्द्रप्रसाद बराल सर्वसम्मत चयन भएका छन ।
संस्थाका अन्य पदाधिकारीहरुमा संरक्षक डा.मदनकुमार पिया, निवर्तमान अध्यक्ष डा.गिसुपनिख प्रसिको, उपाध्यक्ष उमेश नेपाल, महासचिव डा.अम्बुज कर्ण र कोषाध्यक्षमा डा.रञ्जनभक्त भण्डारी निर्विरोध चयन भएका छन ।
यसैगरि कार्यसमितिका सदस्यहरुमा डा.सन्ध्या चापागाई आचार्य, डा.प्रदिप न्यौपाने, डा.सुरेन्द्र गौचन, डा.रोशन मिश्र, डा. कपेन्द्रशेखर अमात्य, डा.विशेष पौडेल र डा.कृष्ण सागर शर्मा पनि निर्विरोध चयन भएका छन् ।
२ वर्षको कार्यकाल रहने नवनिर्वाचित कार्यसमितिका पदाधिकराीहरुले संस्थाको वार्षिक साधारणसभापछि सम्पन्न निर्वाचन लगत्तै आफ्नो कार्यभार सम्हालिसकेका छन ।
सार्क मुलुकका ८ वटै सदस्य देशहरुमा देखा परेका नयाँ क्यान्सररोगको निदान र उपचारमा एकरुपता ल्याउने तथा वीज्ञहरुको अनुभव आदानप्रदान गर्ने उद्धेश्यले सो महासंघ स्थापना गरिएको हो । सबै सदस्य मुलुकका सो संस्थाको शाखा रहेको छ ।








































