भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ को आरुबारीमा मिनी ट्रकको ठक्करबाट १९ महिने बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चाँगुनारायण नगरपालिका–८ आरुबारीस्थित देवी ईट्टा भट्टामा ईटाको लागि माटो लोड गर्ने क्रममा बा २ च १३७८ नम्बरको मिनी ट्रकले रोल्पा ह्याङ्ग ८ घर भई हाल सो ईट्टा भट्टामा काम गर्ने देवेन्द्र बुढा मगरको १९ महिनाको छोरा सबिन बुढा मगरलाई ठक्कर दिँदा उनको मृत्यु भएको जनाएको छ । ठक्करका कारण गम्भीर घाइते भएका बालकको उपचारको क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसरका डिएसपी अधिकृत कृष्ण प्रसाईंले जानकारी दिएका छन् ।
सवारी चालक काभ्रे धुलिखेल– ११ पात्ले खेत बस्ने बर्ष २६ को गोकुल भुजेललाई र सवारी साधनलाई महानगरीय प्रहरी वृत जगातीले नियन्त्रणमा राखी थप अनुसन्धान कार्य गरिराखेको प्रहरीले जनाएको छ ।







































