स्काउट फेलोशिपको एशिया प्रशान्त वैठक शुरु

302

काठमाडौं ।
स्काउटिंगमा सक्रियरुपमा सहभागी हुन नपाएका या स्काउटिंगबाट निवृत्त भएका पुर्व स्काउटहरुको संगठन ‘इन्टरनेशनल स्काउट एण्ड गाइड फेलोसिप अन्र्तगतको ‘एशिया प्रशान्त क्षेत्रको छैठौं क्षेत्री वैठक’ शनिबारदेखि राजधानीमा शुरु भयो ।
नेपाल स्काउट एण्ड गाइड फेलोशिपको आयोजनामा भएको २ दिने सो वैठकको माओवादी केन्द्रका प्रवक्ता एव्म ललितपुरकी सांसद पम्फा भुषालले उद्घाटन गरीन । एशिया प्रशान्त क्षेत्रमा स्काउट संगठनको भावी कार्यक्रमबारे छलफल गर्न सो वैठक आयोजना गरिएको हो ।
आयोजक संस्थाका अध्यक्ष श्रीराम लामिछानेका अनुसार सो वैठकमा नेपाललगायत, भारत, बंगलादेश, माल्दिभ्स, मलेसिया, अष्ट्रलियालगायतका स्काउट तथा गाइड फेलोसिप संस्थाका प्रमुखहरुको सहभागिता रहेको छ ।