ताप्लेजुङ । फत्ताङलुङ गाउँपालिकाले सामुदायिक भवन, क्लब, चर्च, गुम्बालगायत निर्माणमा १ करोड ५९ लाख ३९ हजार रुपैयाँ खर्च गरेको छ ।
५८ वटा अनुत्पादक योजना छनोट गरेको छ भने ७ वटा चर्चका लागि झन्डै १३ लाख र १० वटा गुम्बाका लागि ५६ लाख ६८ हजार रुपैयाँ खर्चेको महालेखा परिक्षकको कार्यालयले जानकारी दिएको छ । यो सरासर अनिमितता भएको उसको ठहर छ ।







































