सन्जीब दुलाल
भक्तपुर । हनुमन्ते खोलामा आएको बाढीले निर्माणाधीन पुलको संरचना बगाएको छ । मध्यपुर थिमी नगरपालिका वडा नम्वर ४ र सुर्यविनायक नगरपालिका वडा नम्बर ३ र ४ जोड्ने निर्माणाधीन पुल मंगलबार र बुधवार लगातार परेको वर्षाका कारण आएको बाढीले पुलको संरचना बगाएको हो ।
जेठ १९ गते ढलान गर्ने गरी तयार गरिएको संरचना बाढी सँगै आएको फोहरले बगाएपछि पुल निर्माण कार्य ढिलो हुने भएको छ । ढलान गर्न डन्डी बाँधिसकेकोमा एक्कासी आएको बाढी सँगै आएको फोहरले संरचना नै भत्काएको फिल्ड प्राविधिक अधिकृत रुद्र काफ्लेले जानकारी दिए ।
उनका अनुसार बाढी सँगै बगाएर आएको फोहरले पुल निर्माण झन् प्रभावित भएको छ ।
सूर्यविनायक नपा ४ का कार्यबाहक वडा अध्यक्ष घनश्याम भट्टराईले निर्माण कम्पनी भागेका कारण स्थानीयहरुले गएको पुसदेखि उक्त पुल निर्माण सुरु गरेको जानकारी दिए ।
पुसमा काम थाले पनि कामदार अभावले पुल निर्माण कार्य प्रभावित भएको उनी बताउँछन् ।
‘गएको वैशाखमै पुल निर्माण गर्ने लक्ष्य राखेका थियौं’, कार्यवाहक वडा अध्यक्ष भट्टराईले भने, ‘कामदार पाउन नसक्दा बैशाखसम्म काम नै थाल्न समस्या भयो ।’
निर्माण कम्पनी भागेपछि जिल्ला समन्वय समिति भक्तपुरको पहलमा स्थानीयले उक्त पुल निर्माणको जिम्मा स्थानियलै नै लिएका हौ । पुल निर्माणका स्थानीय सुपरभाइजर गणेश कार्कीले गएको जेठ ५ गतेको अविरल वर्षाले पनि ढलान गर्न राखिएको फर्मा बगाएयो अहिलै पुरै संरचना नै बगईदियो । बाढीले पुलको ढलान संरचना बगाउँदा करिब बीस लाख रुपैयाँको क्षति भएको उनी बताउँछन् ।
भण्डार थोतुङ, श्याम बाबु, जेभीले उक्त पुल निर्माण कार्य एक करोड साठी लाख सत्तासी हजार ५७८ भ्याट बाहेकमा ठेक्का पाएको थियो । उक्त पुल निर्माण एक वर्ष पहिला नै सम्पन्न भइसक्नुपर्ने हो तर निर्माण कम्पनी काम नगरी भागेपछि अहिले स्थानीय बासिन्दाले उक्त पुल निर्माण कार्य अघि बढाएका हन् ।
आउँदो असार २० भित्र उक्त पुल निर्माण पूरा गरिसक्नुपर्ने बाध्यता छ तर बाढीले पुल निर्माणको संरचना बगाएपछि पुनः समयमै पुल निर्माण हुने आशंका बढेको स्थानीय दिर्ग सापकोटा बताउँछन् । पुल बन्ने आशा पहिला ठेकेदारहरुले धोका दिए अहिले मौसमले आफुहरु पुलको आषामा मात्र रहने भयौं । उनी सुनाउँछन् ।
पहिला प्रशासनीक कमजोरीले पुल निर्माण सम्पन्न हुन नसकेको हाल प्रकृतिले गर्दा समस्या भएको सुर्यविनायक नगरपालिका वडा नम्वर ३ निवासी रेसम चौलागाई बताउँछन् । बर्षा सँग सँगै आएको फोहर र ढलले पुलको संरचना भत्काएका कारण इस्टिमेटअनुसारको रकममा पुल निर्माण सम्पन्न गर्न समस्या हुने उनी दुखेसो पोखे । उनी भन्छन् हनुमन्ते सफाइमा यति टन फोहर उठ्यो ,उती टन उठ्यो तर खोलाको हालत उस्तै छ पानी पर्योकी मरेका गाई गोरु बोराका बोरा फोहर आउँछ उनी सुनाउँछन् । यहि कारण निमार्णधिन पुल नै बगाएको उनले बताए ।







































