Home समाचार १५ वर्ष देखि आँखा नदेख्ने लालध्वजका आँखा भए
प्रकाशित मिति February 2, 2019
भक्तपुर । काभ्रे नवोबुद्द नगरपालिका वडा नम्वर ३ का लालध्वजले विगत १५ वर्ष देखि आफ्नो दुवै आँखा देख्दैनथे । १५ वर्ष देखि आँखाको ज्योती गुमाएका उहाँलाई उहाँका घर परिवारले बाहिर भित्र गराउँदै आएका थिए । ८१ बर्षका लालध्वजलाई स्याहार सुसार गर्ने थिईन् उहाँकी ७१ बर्षिय धर्म पत्नी ठुली माया ।
आँखाको समस्याका कारण लामो समय देखि थला परेका उनको उपचारमा वाईसीयलले सहयोग गरेपछि लालध्वजको आँखाका नानी नै वाईसीयल हुन् पुगेका छन् ।
अपरेसन गरेकै दिन आफूले आँखा देखे पछि उनको भुईमा खुट्टै नभएको लालध्वज बताउनुहुन्छ । म पहिला बामे सर्ने मात्र हैन मैले आँखा देखि सकेपछि आफ्नै छोरा र बुढि त चिनिन कुमार लामाले सहयोग गर्नुभयो म आँखा देख्न सक्ने भएँ आज त संसार नै जितेको अनुभव भएको छ मलाई उनी बतानुहुन्छ ।
१५ बर्ष देखि आफ्ना पतिले आँखा नदेख्दा चर्पी समेत कोपारामा नै गराउँदै आएको स्मरण गर्दै ठुली भन्नुहुन्छ बुडेशकालमा आएर फेरी बुडाले आँखा देख्दा आफूलाई भने स्वर्ग पुगे जस्तो भएको छ ।
कुमार लामाको सहयोगमा माघ ९ गते र १९ गते गरी दुवै आँखाको अपरेसन भएपछि हाल लालध्वजले दुवै आँखा देख्न सक्ने भएका छन् ।
आर्थिक अवस्था कमजोर भएर आफ्नो आँखाको उपचार गराउन नसक्दा १५ बर्ष सम्म एकै थलोमा रहँदा पनि कतै बाट सहयोग आफूले नपाएको तर लामाले थाहा पाएको १० दिनमा नै आफूलाई सहयोग गरि उपचार गराईदिएकाले उनीप्रति आफू अत्यन्त आभारी रहेको तामाङ दम्वत्ती बताउँछन् ।
बुबाले आँखा नदेख्नुभएको लामो समय भयो हामीले आफ्नो आर्थिक अवस्थाले गर्दा उपचार गराउन सकेनौ छोरा अकलमानले दुखेसो पोख्नुभयो । हामीलाई बुबाले आँखा देख्न सक्ने बनाईदिनुहुने कुमार लामा हाम्रा लागि देवता नै भएको उहाँले सुनाउनुभयो । नब्बे हजार लगाएर वाईसीयलले आफ्ना बुबाको आँखाको उपचार गराईदिनुभएकाले आफू उहाँ प्रति कृतज्ञ रहेको उहाँ बताउनुहुन्छ ।
बुढो मान्छे अरुको सहारामा यता उता गर्नुभएको १५ बर्ष भएको रहेछ मैले यो सव देखेपछि मेरो मन नै थाम्न सकेन र उहाँलाई उपचार गराउँछु भनेर आएँ दश दिनको दिन उहाँलाई ल्याएर उपचार गराउन पनि सफल भएँ उहाँले आँखा पनि देख्नु भयो मेरो सहयोग सार्थक भएको वाईसीयल बताउन्छ ।
अल्का अस्पताल ललितपुरमा चेक जाँच गराएपछि उहाँको आँखा अपरेशन गरेपछि ठिक हुन्छ भन्ने भयो र काठमाण्डौं आँखा केयरमा उहाँको अपरेसन गराएपछि हाल उहाँ आफै हिडडुल गर्न सक्ने हुनुभएको छ । मैले त केवल सहयोग मात्र गरेको हुँ अरु पनि दिन दुःख अनी असाहयलाई सहयोग गर्न पाईयोस् यहि नै मेरो जीवनको लक्ष्य भएको लामा बताउनुहुन्छ ।
Related