६५ वर्षमै बृद्धभत्ता , भूकम्प पीडितलाई थप १ लाख

497

काठमाडौं– सरकारले   ६५ वर्षकै उमेरमा बृद्धभत्ता दिने निर्णय गरेको छ । यसअघि  ७० वर्ष उमेर पुगेपछिमात्रै बृद्धभत्ता दिँदै आएकोमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ वर्ष पुगेपछि नै बृद्धभत्ता दिने निर्णय गरेको  हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ७० वर्ष उमेर पुगेपछिमात्रै दिँदै आएको बृद्धभत्तालाई ५ वर्ष कम गरेर ६५ वर्ष कायम गरिएको  सरकारको प्रवक्ता तथा सञ्चारमन्त्री मोहन बस्नेतले जानकारी दिए । सरकारले बृद्धभत्ताबापत मासिक रु २००० उपलब्ध गराउँदै आएको छ ।

बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको रकम बढाउने निर्णय पनि गरेको छ ।
सरकारले भूकम्प तथा बाढी पीडितहरुलाई अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको बस्नेतले बताए ।

सरकारको निर्णयसँगै अब भूकम्प पीडितले  अनुदानस्वरुप रु ४ लाख पाउने भएका छन् ।