बलराम प्यासी
काठमाडौं ।
नेपाल स्काउटले यसअघिको भौगोलिक संरचना अनुसारको केन्द्रीय र जिल्ला संगठनलाई कायमै राखी नेपालको संविधान २०७२ बमोजिम थप ७ वटा प्रदेशमा एकजना पुरुष र एकजना महिला ‘प्रदेश स्काउट आयुक्त’ राख्ने विषयमा छलफल अघि बढाएको छ ।
यसअघि ७५ जिल्ला भएतापनि स्काउट संगठन भने ६८ जिल्लामा मात्रै रहेको थियो । ७५ जिल्लामा २ जिल्ला थपिएपछि बाँकी रहेका ९ जिल्लामा स्काउट संगठनलाई विस्तार गर्नुका साथै सातवटै प्रदेशमा २÷२ जना प्रदेश आयुक्त नियुक्ति गर्ने या निर्वाचन गर्ने भन्ने विषयमा छलफल शुरु गरेको हो ।
प्रदेश संरचना अनुसार ७ वटा प्रदेशमा एकजना पुरुष र एकजना महिला प्रदेश आयुक्त राख्ने विषयमा छलफल र सुझाव संकलन गर्ने कार्य शुरु गरिएको नेपाल स्काउट केन्द्रीय तदर्थ समितिका सदस्य एवम् पुर्व निर्देशक गौतम अधिकारीले बताए ।
नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयमा प्रमुख आयुक्त सहित केन्द्रीय पदाधिकारीहरु रहने र जिल्लामा जिल्ला आयुक्त सहित जिल्ला पदाधिकारीहरु रहने प्रावधानलाई यथावत् राख्दै प्रदेशमा भने अन्य पदाधिकारीहरु नराखी एकजना पुरुष र एकजना महिलालाई मात्रै प्रदेश आयुक्त नियुक्त गर्ने तयारी गरिएको हो ।
ती ७ जना प्रदेश आयुक्तहरुले आआफ्नो प्रदेश अन्तर्गत पर्ने जिल्लाहरुलाई निर्देशन दिनुका साथै जिल्ला संगठनले गरेका कामलाई सहयोग र समन्वय गर्नेछन ।
नेपाल स्काउटको केन्द्रको राष्ट्रिय सचिव बाहेक अन्य पदाधिकारी, जिल्लाका सबै र प्रदेशका आयुक्त सहितका पदाधिकारीहरु स्वयम्सेवक र वेतलवी हुन्छन ।
यसैगरि नेपाल स्काउटका केन्द्रीय र जिल्ला पदाधिकारीहरुको निर्वाचनका लागि युवा तथा खेलकूद मन्त्रालयले गत ६ भदौमा धनुषा जिल्ला स्काउटका आयुक्त चन्दनलाल कौशिकको नेतृत्वमा नियुक्त गरेको केन्द्रीय तदर्थ समितिले ६८ जिल्लाका पदाधिकारीहरुको निर्वाचनका लागि सबै जिल्लामा १४ चैतमा निर्वाचन गर्नका लागि परिपत्र पनि गरिसकेको केन्द्रीय तदर्थ समितिका सदस्य अधिकारीले बताए ।
अधिकारीका अनुसार नेपाल स्काउटले आर्थिकवर्ष २०६६÷०६७देखि तिर्न बाँकी रहेको घरवहाल, घरजग्गा लगायतको कर करीव ६७ हजार रुपैयाँ पनि महानगरपालिकालाई चुक्ता गरेको छ । गैरनाफामुलक, स्वयमसेवी शैक्षिक संस्था भएकोले महानगरपालिकाले नेपाल स्काउट संगठनलाई करमा अत्यधिक छुट दिएको अधिकारीले बताएका छन् । यसअघि महानगरपालिकाले नेपाल स्काउटसंग करीव ७ करोड रुपैयाँ तिर्नुपर्ने माग गरेको थियो ।








































साना केटाकेटी, किशोर किशोरी र युवाहरुलाई अनुशासित, स्वावलम्वी र आत्मनिर्भर बनाउने उद्धेश्यले १ सय ११ वर्ष अघि स्थापित विश्वव्यापी संस्था ‘विश्व ब्वाय स्काउट संगठन’का संस्थापक बेलायती सेनाका लेफिटनेन्ट जनरल लर्ड बेडेन पावेल तथा विश्व र्गल स्काउटकी संस्थापक लेडी बेडेन पावेलको जन्मदिनको अवसरमा नेपाल स्काउटले विचार दिवस मनाएको छ ।