९३ लाख ७२ हजार मतगणना हुँदा कुन दलले कति मत प्राप्त गरे ?

284

काठमाडौं  | समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ९३ लाख ७२ हजार ५४४ मतगणना सम्पन्न भएको छ ।

आयोगका प्रवक्ता नवराज ढकालका अनुसार  अनुसार ७५ जिल्लाको मतगणना कार्य सकिएको छ भने अब सुनसरीको क्षेत्र नं.  ३ तथा सर्लाहीको क्षेत्र नं. २, ३ र ४ मात्रै गन्न बाँकी रहेको छ ।

मत परिणाम अनुसार, नेकपा एमाले ३१ लाख ३३ हजार २०३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ ।

यस्तै  नेपाली काँग्रेसले ३० लाख ७१ हजार ५१२, नेकपा (माओवादी केन्द्र) ले १२ लाख ७४ हजार ८८४, संघीय समाजवादी फोरम, नेपालले ४ लाख ६० हजार ८४, राष्ट्रिय जनता पार्टी, नेपालले ४ लाख ४८ हजार ६११ मत ल्याएका छन् ।

यस्तै  विवेकशील साझा पार्टीले २ लाख ११ हजार ५३४, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ लाख ९३ हजार ९८३, राष्ट्रिय प्रजातान्त्रिक पार्टी (प्रजातान्त्रिक) ले ८७ हजार ६०७, नयाँ शक्ति पार्टी, नेपालले ८० हजार ७४४, राष्ट्रिय जनमोर्चा ६२ हजार ४७ र अन्य दलले ३ लाख ४८ हजार ३३५ मत प्राप्त गरेका छन् ।