आशापुरी महादेवस्थानबाट डोलेश्वर महादेवतर्फ आउँदै गरेको सवारी दुर्घटनामा चालकको मृत्यु

571

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका ८ नैचालमा बुधबार सवारी दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

सूर्यविनायक नपा ९ स्थित आशापुरी महादेवस्थानबाट डोलेश्वर महादेवतर्फ आउँदै गरेको बा ८ च २४३१ नम्बरको निजी मारुती सुजुकी कार दुर्घटना हुँदा चालक सूर्यविनायक नपा ९ नलिञ्चोक घर भई हाल काभ्रेको २२ किलो जनागालमा बस्ने ४० वर्षीय जीतेन्द्र खत्रीको घटनास्थलमै ज्यान गएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार कार सडकबाट करिब ५०० मिटर तल खोल्सामा खसेको थियो। मृतक खत्रीको शव पोस्टमार्टमको लागि भक्तपुर अस्पताल पठाइएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए।

उनले घटनाबारे थप अनुसन्धान कार्य भइरहेको बताए।